साग विजेता खेलाडीका लागि आज ‘विशेष प्याकेज’ घोषणा गरिने | Khabarhub Khabarhub

साग विजेता खेलाडीका लागि आज ‘विशेष प्याकेज’ घोषणा गरिने


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) विजेता नेपाली खेलाडीलाई आज विशेष प्याकेज घोषणा गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले साग विजेता खेलाडीलाई विशेष प्याकेजको घोषणा गर्ने भएका हुन् । आज नेपाली सबै पदक विजेता खेलाडीहरुलाई बालुवाटार बोलाईएको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले बताए ।

बालुवाटारमा हुने विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले पदक विजेता खेलाडीलाई बधाईसहित राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरूको सम्मानमा विशेष सम्बोधन गर्ने भएका छन् ।

१३ औं सागका पदकधारी खेलाडीहरुलाई दिउँसो २ः१५ बजे वालुवाटार आमन्त्रण गरिएको छ ।

त्यसो त प्रतियोगिता शुरु हुन अघि पदक जित्ने खेलाडीलाई विशेष प्याकेज घोषणा गर्ने तयारी गरेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रधानमन्त्रीको अस्वस्थताका कारण पुरस्कार रकम घोषणा गर्न पाएको थिएन ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ९ : ३४ बजे

आज २०८२ साल असार २९ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २९ गते आइतबार। साउन

मधेश प्रदेश सरकारद्वारा चालु आवमा ७१ प्रतिशतभन्दा बढी रकम खर्च

जनकपुरधाम – मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क