२५ दिनमा शूटिङ भयो ‘दबंग ३’ को क्लाइमेक्स, ५०० गुण्डासँग एक्लै लड्नेछन् सलमान खान « Khabarhub

२५ दिनमा शूटिङ भयो ‘दबंग ३’ को क्लाइमेक्स, ५०० गुण्डासँग एक्लै लड्नेछन् सलमान खान


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खानको फिल्म ‘दबंग ३’ केही महिनापछि रिलिज हुँदैछ । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा फ्यान पनि उत्सुक भएका छन् ।

सलमान खान फेरि एकपटक चुलबुल पाण्डेको भूमिकामा पर्दामा देखिँदैछन् । फिल्ममा कन्नड सुपरस्टार सुदीपले भिलेनको भूमिका निभाउनेछन् । सलमान र सुदीपबीचको धमाकेदार क्लाइमेक्स सिनको शूटिङ हालै गरिएको छ ।

क्लाइमेक्समा दुवै शर्टलेस हुनेछन् । यो फिल्मको क्लाइमेक्स मात्र २५ दिन लगाएर छायांकन गरिएको थियो । यो कुराको खुलासा भिलेन बनेका सुदीपले खुलासा गरेका हुन् ।

उनले एक अन्तर्वार्ताका क्रममा क्लाइमेक्समा आफ्नो लडाइँ सलमान खानसँग देखाइएको बताएका छन् । उक्त लडाइँमा अन्तसम्म कसले जित्छ भन्ने दर्शकले थाहा नपाउने उनले बताएका छन् ।

‘हामीले क्लाइमेक्स मात्र लगभग २५ दिन छायांकन गरेका थियौँ, २३ दिन त फाइट सिन मात्र छायांकन गरिएको थियो, यो मेरो करिअरको सबैभन्दा लामो क्लाइमेक्स सिन हो,’ सुदीपले भने ।

उनले यो फिल्मको क्लाइमेक्समा सलमान र आफू जनावरजस्तै लडेको बताएका छन् । उनले शूटिङको क्लाइमेक्स खिच्दा निकै धूलो उडेको पनि सुनाए । उनले भने, ‘शूटिङ गर्दा खुबै धूलो उड्यो, जसकारण सास फेर्न पनि गाह्रो भएको थियो ।’

खबरका अनुसार फिल्ममा सुदीपसँगै ५ सय भिलेनसँग सलमान खान एक्लै लड्नेछन् । साथै फिल्ममा १ सय वटा कार खेलौनाझैँ हावामा उड्दै गरेको देख्न सकिनेछ ।

फिल्ममा सोनाक्षी सिन्हा र सई मान्जरेकरको पनि शीर्ष भूमिका रहेको छ । यो फिल्मलाई लामो समयदेखि दर्शकले कुरिरहेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ५ : ११ बजे

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस- फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर

एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ।

जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ

काठमाडौं– नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट एक हजार ३६

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक