कानूनको भर्ना रोकियो, कोटा प्रणालीको विरोध गर्दै विद्यार्थीले लगाए ताला | Khabarhub Khabarhub

कानूनको भर्ना रोकियो, कोटा प्रणालीको विरोध गर्दै विद्यार्थीले लगाए ताला


२५ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसको शैक्षिक सत्र २०७५/०७८ का लागि स्नातक तह प्रथम वर्ष (एलएलबी) को भर्ना प्रक्रिया पुनः रोकिएको छ ।

क्याम्पसले कोटा प्रणाली निर्धारण गरेर भर्ना प्रक्रिया शुरु गरेको भन्दै अनेरास्ववियु (क्रान्तिकारी), नेपाल विद्यार्थी सङ्घलगायत विद्यार्थी सङ्गठनले कानून सङ्काय डीन कार्यालय, क्याम्पस प्रमुख, लेखा शाखामा ताला लगाएपछि प्रक्रिया रोकिएको हो ।

क्रान्तिकारीका क्याम्पस एकाइ अध्यक्ष दीपक थापाले सबै विद्यार्थीले पढ्न पाउनका लागि कोटा प्रणाली खारेजीको माग गर्दै तालाबन्दी गरिएको बताउनुभयो । क्याम्पसले यही मङ्सिर १० गतेदेखि उक्त शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया शुरु गरेको थियो ।

विद्यार्थी सङ्गठनले यही मङ्सिर १५ गतेदेखि ताला लगाएका हुन् । क्याम्पस प्रमुख डा दिनानाथ पराजुलीले विद्यार्थीले तालाबन्दी गरेपछि भर्ना प्रक्रिया रोकिएको जानकारी दिए ।

“सर्वोच्च अदालतको आदेश र त्रिवि कार्यकारी परिषद्ले ३०० जना पढाउने गरी भर्ना प्रक्रियाको निर्देशन दिएपछि हामीले भर्ना प्रक्रिया शुरु गरेको हौँ”, उनले भने, “तर विद्यार्थी सङ्गठनले तोकिएको कोटाको विरोधमा ताला लगाएका छन् । हामीले कोटा तोकेका होइनौँ । आदेशलाई मात्र कार्यन्वयन गरेका हौँ ।”

त्रिवि कार्यकारी परिषद्ले कात्तिक २४ गते ल क्याम्पसलाई पत्र पठाउँदै ३०० मा २४० खुला र ६० समावेशी कोटामा भर्ना गर्न निर्देशन दिएको थियो । उनले पटक-पटक लाग्ने तालाबन्दीका कारणले शैक्षिक सत्र २०७५/०७८ को पढाई अझै सञ्चालन हुन नसकेको बताए ।

अनेरास्ववियुका क्याम्पस एकाइ अध्यक्ष हरि पङ्गेनीले कोटा प्रणाली नभई प्रवेश परीक्षामा उत्तीर्ण सबै विद्यार्थीलाई भर्ना गर्नुपर्ने बताए ।

पछिल्लो समयमा एलएलबी पढ्ने विद्यार्थीको आकर्षण भएदेखि क्याम्पसमा विद्यार्थीको सङ्ख्या बढेको छ । शैक्षिक सत्र २०७४/०७७ का लागि पनि क्याम्पसले ८०० भर्ना गर्ने भने तापनि पछि विद्यार्थी सङ्गठनको दबाबका कारण करिब १० हजार ८०० विद्यार्थी भर्ना गरेको थियो ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  १० : ३० बजे

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाखको बजेट

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याएको

मौद्रिक नीतिपछिको पुँजी बजार : नेप्से परिसूचकमा २९ अङ्कको सुधार

काठमाडौं– आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएपछिको

बालेनले सुनाए काठमाडौंको १९ बुँदे नीति तथा कार्यक्रम

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउँदै

तराईलाई सुक्खा क्षेत्र घोषणा गरेर राहतका कार्यक्रम ल्याउन माग

काठमाडौं– असारको अन्तिम सातासम्म पनि मधेसका केही जिल्लामा वर्षा नहुँदा

कञ्चनपुरका राना थारु गाउँमा सावन डोलाको रौनक

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित राना थारु समुदायका महिलाले सावन