एकान्त स्थलमा बसेर के गर्दैछन् प्रचण्ड ? | Khabarhub Khabarhub

एकान्त स्थलमा बसेर के गर्दैछन् प्रचण्ड ?


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको प्रतिवेदन लेखनमा व्यस्त बनेका छन् ।

पार्टीमा कार्यकारी अध्यक्ष भएसँगै निरन्तर बैठक आह्वान गरिरहेका प्रचण्ड पछिल्लो समय पार्टीको स्थायी कमिटीको बैठकको तयारीका लागि जुटेका हुन् ।

मंसिर २९ र ३० गतेका लागि तय भएको नेकपा स्थायी कमिटी बैठकका लागि राजनीतिक कार्यदिशा, पार्टीको भावी योजना सहितको राजनीतिक प्रतिवेदन लेख्नका लागि प्रचण्ड व्यस्त भएका हुन् । उनी राजधानीकै कुनै एक ‘गोप्य’ स्थानमा राजनीतिक प्रतिवेदन लेखनमा व्यस्त बनेका हुन् ।

‘बैठकका लागि आवश्यक राजनीतिक प्र्रतिवेदन, पार्टीको भावी योजना बारे तयारी गर्न उहाँ जुट्नु भएको छ,’ प्रचण्ड निकट श्रोतले भन्यो,‘उहाँ राजधानीकै एक शान्त र एकान्त स्थलमा हुनुहुन्छ ।’

प्रचण्डले स्थायी कमिटी बैठक अघि बस्ने सचिवालय बैठकमा समेत उक्त प्रतिवेदन पेश गर्ने र सचिवालयको सुझाव अनुसार त्यसलाई परिमार्जन गर्ने छन् ।

‘सचिवालय बैठकको निर्णय र निर्देशन अनुसार प्रतिवेदनमा थप घट हुनसक्छ’ श्रोतले भन्यो,‘त्यसपछि स्थायी समिति बैठक अघि पनि उहाँ केही दिन शान्त स्थानमा रहेर प्रतिवदने लेखलाई अन्तिम रुप दिन खटिनुहुनेछ ।’

प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षको जिम्मेवारी पाएसँगै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँगको सल्लाहमा दुई पटक बैठक राखिसकेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  २ : १३ बजे

वायु सेवा निगमको महाप्रबन्धकका लागि दरखास्त आह्वान

काठमाडौं– नेपाल वायु सेवा निगमले महाप्रबन्धक पदका लागि दरखास्त आह्वान

खेलाडीले पठाओ चलाएर परिवार पाल्नुपर्ने अवस्था छ

खेलाडीलाई सहिद स्मारक ए डिभिजन लिग गराउने आश्वासन दिँदादिँदै नेपाल

राष्ट्रियसभा अन्तर्गतका दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ

जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने पाँच जना पक्राउ

हेटौँडा– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङको अभिनय

काठमाडौं– निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल