पत्नीको प्रोत्साहनले सफल « Khabarhub

पत्नीको प्रोत्साहनले सफल


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

चर्चित उपन्यासकार नथानियल हार्थन एउटा कार्यालयमा नोकरी गर्थे । जतिसुकै मिहिनेतसाथ काम गरे पनि उनी त्यसमा सफल हुन भने सकिरहेका थिएनन् । घरको गरिबीले गर्दा पारिवारिक दायित्व पूरा गर्नै पनि उनले नोकरी नगरी सुख थिएन ।

उनलाई आफू अफिसमा नोकरी गर्नका लागि जन्मेकै होइन जस्तो लागिरहन्थ्यो । उनको काम पनि सन्तोषजनक हुन सकिरहेको थिएन । परिणामस्वरूप एक दिन उनलाई नोकरीबाट निकालियो ।

नोकरीबाट निकालिएको पत्र पाएपछि उनी निराश हुँदै घर फर्किए । घर पुगेपछि उनले पत्नी सोफियालाई आफू नोकरीबाट निकालिएको सुनाए । पति जागिरबाट निकालिएको सुन्दा पनि सोफिया दुःखी भइनन् । उल्टै उनी खुसी भइन् ।

उनले पतिलाई अँगालोमा बेर्दै भनिन्– ‘मेरा प्यारा पतिदेव, तपाईं कति प्रतिभाशाली हुनुहुन्छ भन्ने मलाई मात्र थाहा छ । यथार्थमा तपाईं यस्तो कुनै नोकरी गर्न जन्मेको मान्छे नै होइन । अब तपाईंले कत्ति पनि निराश नभईकन आफ्नो लेखन कार्यमा लाग्नुपर्छ । मलाई विश्वास छ, तपाईं एक सफल लेखक बन्नुहुनेछ ।’

हार्थनले खुइय गर्दै भने— ‘तिमी त भन्छ्यौ नि ! तर नोकरीको अभावमा चुलो कसरी जलाउने ? पत्नी सोफियाले दराज खोलेर पैसाको बिटो निकालेर अगाडि राखिदिइन् । पैसा देखेर हार्थन छक्क परे ।

उनको मनोदशा बुझेर सोफियाले भनिन्– मेरा प्यारा पतिदेव, यो सबै तपाईंकै कमाइ हो । मैले थोरै–थोरै गरी जोगाएको पैसा हो । यसबाट हामी एक वर्ष त दुःखसुख बाँच्न सक्छौँ । यहीबीच म पनि नोकरी खोज्न सक्छु । त्यसैले अब तपाईं आफ्नो पूरा ध्यान र क्षमता लेखनमा लगाउनुहोस्, घर म सम्हाल्छु ।

पत्नीको प्रोत्साहन पाएपछि हार्थन लेखन कार्यमा समर्पित भए । केही महिनाको अथक प्ररिश्रमपछि उनले अमेरिकी साहित्यको महान् उपन्यास ‘द स्कार्लेट लेटर’ तयार गरे ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ४ : ३६ बजे

हमासका सैन्य नेता मुहम्मद ओदेहको मृत्यु भएको इजरायलको दावी

एजेन्सी– इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलको नयाँ नेता

न्यायाधीश श्रेष्ठको दिल्लीमा उपचार हुँदै

काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको भारतको नयाँ दिल्लीस्थित राजीव

मानव अधिकार संरक्षणको सुनिश्चित घरबाटै सुरुआत हुनुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानव अधिकार संरक्षण गर्न

सभामुखलाई हर्कले भने- प्रधानमन्त्री ल्याउनुस्, नत्र मलाई निकाल्नुस्

काठमाठौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठक बहिष्कार

सडकमा जेन-जीको नारा : भ्रम होइन, जनतालाई न्याय चाहियो

काठमाडौं– मानव अधिकार आयोगको जेन-जी आन्दोलन सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न