पश्चिमी वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात « Khabarhub

पश्चिमी वायुको प्रभावले उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात

भोलिदेखि मौसममा सुधार हुने


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिमी वायुको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । यो वर्ष आठ वर्षयता सबैभन्दा चाँडो हिमपात भएको हो ।

विगतका वर्षमा पुषको पहिलो सातामात्र हिमपात हुने गरेको भएपनि यसवर्ष मंसिरको अन्तिम हप्तानै हिमपात भएको हो ।

हिमपातका कारण मुगु, हुम्ला, डोल्पालगायत उच्च पहाडी तथा हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ । हु्म्लाको विमानस्थल नै अवरुद्ध भएको छ । यता किसानहरु भने हिमपातका कारण बालिनाली फस्टाउने भन्दै खुसी भएका छन् ।

हिउँ परेपछि बाली उम्रने हुँदा किसान खुसी भएका हुन् । कात्तिकमा छरेको जेठासी बाली नउम्रेको बेला यो हिमपात भएपछि जौ, गहुँ र उवाको बीउ उम्रनेछ ।

पश्चिमी वायुको प्रभावले एक्कासि बिग्रिएको मौसममा शनिबार (भोलि)बाट सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार शनिबारदेखि मुलुकभरिको मौसममा सुधार आउनेछ ।

अबको दुई दिनसम्म पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागमा भारी हिमपातका साथै मध्य तथा पूर्वी उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । विशेष गरी पश्चिमी उच्च पहाडीसहित हिमाली भूभागका विभिन्न स्थानमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पश्चिमी वायुको प्रभाव तथा मौसमी प्रभावका कारण नै अहिलेको मौसममा परिवर्तन देखिएको बताउँदै मौसमविद् कँडेलले शुक्रबार दिउँसोसम्म मुलुकभरि सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

त्यसैगरी पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसैगरी शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका धेरै स्थानका साथै मध्य तथा पूर्वका केही स्थानमा हल्का वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमको पूर्वानुमान

मंसिर २७ गते (शुक्रबार)

दिउँसो: देश भर सामान्य देखि पूर्ण वदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमि उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमि भु-भागका केहि स्थानमा हावा हुरि आउने पनि सम्भाबना छ।

राति: देश भर सामान्य वदली रही पश्चिमी भेगका केहि स्थानहरु साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमि उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारि हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपात हुने सम्भाबना रहेको छ।

मंसिर २८ गते (शनिबार)

दिउँसो: देश भर आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

राति: देश भर आंसिक देखि सामान्य वदली रही देशका केहि स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

मंसिर २९ गते (आइतबार)

दिउँसो: देशको पश्चिमि भु-भागमा सामान्य बदलि र मध्य तथा पुर्वका पहाडि भु-भागमा आंसिक देखि सामान्य वदली रहि पश्चिमि थोरै स्थानहरुमा साथै मध्य तथा पुर्वका पहाडि भु-भागमा हल्का वर्षा हुने सम्भावना छ। हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ।

राति: देशको पश्चिमि पहाडि आंसिक देखि सामान्य वदली साथै मध्य तथा पुर्वी पहाडि भुभागमा आंसिक बदली रहनेछ । हिमाली भू-भागहरुमा हल्का हिमपात हुने सम्भावना छ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ७ : १६ बजे

रविले राख्दै आएको सर्वदलीय बैठक उच्चस्तरीय स्थायी राजनीतिक संयन्त्रमा परिणत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको

भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु

ओखलढुङ्गा–  मानेभञ्ज्याङ गाउँपालिका–९ मा भीरबाट ट्याक्टर खस्दा दुई जनाको मृत्यु भएको

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँट गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक