आज साँझ काठमाडौंमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना, यस्तो हुने छ तीन दिनको मौसम « Khabarhub

आज साँझ काठमाडौंमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना, यस्तो हुने छ तीन दिनको मौसम


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरान र अफगानिस्तानमाथि रहेको पश्चिमी वायुको प्रणाली बुधवार साँझ नेपालको पश्चिमी भूभागमा प्रवेश गरेसँगै देशभरको मौसममा बदली भएको छ ।

उक्त प्रणालीको प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा हिमपात सँगै हल्ला वर्षा शुरु भएको मौसमविद्ले जनाएका छन् ।

शुक्रबार बिहानदेखि नै काठमाडौं उपत्यकासहित पूर्वी भागमा पनि आकाश बादलले भरिएको छ । मौसम पूर्वानुमान महाशाखाले काठमाडौंमा शुक्रबार साँझ पानी पर्न सक्ने जनाएको छ। आज साँझ ६-७ बजेतिर काठमाडौं उपत्यकामा मेघ गर्जनसहित पानी पर्ने देखिएको मौसमविद्ले जनाएका छन् ।

पश्चिमी वायुको प्रभाव बिहीबार(हिजो) बाट अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपात भएको मौसमविद् मञ्जु वासीले बताइन् ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर २७ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा हुने र मध्य र पू्र्वमा हल्का वर्षाको संभावना रहेको छ।

पश्चिमी उच्च पहाडी तथा हिमाली भू-भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ। देशका पश्चिमी भू-भागका केही स्थानमा हावा हुरी आउने पनि संभावना रहेको छ।

राति: देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षा साथै मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। पश्चिमी उच्च पहाडी सहित हिमाली भू-भागहरुमा भारी हिमपात साथै मध्य तथा पूर्वका उच्च पहाडी सहित हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात हुने संभावना रहेको छ।

मंसिर २८ गते (शनिबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

राति: देशभर आंशिक देखि सामान्य बदली रही देशका केही स्थानहरुमा हल्का वर्षा हुने संभावना छ। उच्च पहाडी सहित हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

मंसिर २९ गते (आइतबार)

दिउँसो: देशको पश्चिमी भु-भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी थोरै स्थानहरुमा साथै मध्य तथा पूर्वका पहाडी भू-भागमा हल्का वर्षा हुने संभावना छ। हिमाली भू-भागहरुमा हल्का देखि मध्यम हिमपात हुने संभावना छ।

राति: देशको पश्चिमी पहाडी आंशिक देखि सामान्य बदली साथै मध्य तथा पुर्वी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। हिमाली भू-भागहरुमा हल्का हिमपात हुने संभावना छ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १० : ३७ बजे

विश्वकपमा के छन् नयाँ नियम ? मुख छोपे सिधै रातो कार्ड !

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा विश्वकप हुँदैछ । हरेक

एमाले केन्द्रीय सदस्यको कार्यविभाजनलाई अध्यक्ष र महासचिवले अन्तिमरूप दिने

भक्तपुर– नेकपा एमालेको केन्द्रीय सदस्यहरूको कार्यविभाजनको प्रस्तावलाई अन्तिमरूप दिन अध्यक्ष

बुटवल–पाल्पा सुरुङमार्गमा असोजदेखि यातायात सञ्चालनको तयारी

भैरहवा– सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

गण्डकी– गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । बैठक