प्रदीपका बुबा बन्लान् त राजेश हमाल ? « Khabarhub

प्रदीपका बुबा बन्लान् त राजेश हमाल ?


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमाललाई फिल्म ‘प्रेमगीत ३’ बाट अफर आएको छ । फ्यानबाट महानायकको उपाधि पाएका हमालले भने यो फिल्मको कथा हेरेर चित्त बुझे मात्र सो फिल्ममा अभिनय गर्ने मनशाय बनाएका छन् ।

स्रोतका अनुसार एक महिना पहिले नै अभिनेता हमालसँग फिल्म निर्माण टिमले भेट गरेको थियो ।

हमालले यो स्किृप्ट हेरेर भूमिका मन परे मात्र फिल्ममा काम गर्ने बताइएको छ । यदि अभिनेता हमाललाई भूमिका चित्त बुझ्यो भने उनलाई फिल्ममा प्रदीप खड्काको बुबाको भूमिकामा देख्न सकिनेछ ।

प्रदीप खड्काको फेसबूकबाट

केही समयअघि मात्र निर्माता सन्तोष सेन, निर्देशन छेतन गुरुङ र नायक प्रदीप खड्काले हमाललाई भेटेर यस विषयमा छलफल गरेका थिए ।

फिल्ममा अभिनेता हमालले काम गर्नेबारे आधिकारिक जानकारी भने बाहिर आएको छैन । अर्कातिर हमालले फिल्मको अफर स्वीकार्छन् भन्ने पक्का छैन । किनकि, अभिनेता हमालले यसअघि धेरैपटक आफूलाई चित्त बुझ्ने फिल्म पाए मात्र काम गर्ने बताएका छन् ।

स्रोतका अनुसार राजेश हमालको स्किृप्टमा कस्तो भूमिका हुन्छ, त्यसका आधारमा उनले काम गर्ने या नगर्ने निर्णय लिनेछन् ।

अभिनेता हमाल पछिल्लो समय फिल्म क्षेत्रमा त्यति सक्रिय नदेखिए पनि व्यस्त भने छन् । केही समययता उनलाई दर्शकले रियालिटी शो ‘को बन्छ करोडपति’ मा पनि हेर्न पाएका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  १२ : १८ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै