इम्बोस्ड नम्बर प्लेटविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज « Khabarhub

इम्बोस्ड नम्बर प्लेटविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सवारी साधनमा प्रयोग गरिन थालिएको उच्च प्रविधियुक्त इम्बोस्ड) नम्बरप्लेटविरुद्ध सर्वोच्च अदालतमा दायर रिट खारेज भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको संवैधानिक इजलाशले शुक्रबार रिट खारेजको फैसला गरेको हो ।

अधिवक्ता भरत कुमार बस्नेतसहितले ६ फागुन २०७४ मा इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन स्थगितको माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

बस्नेतले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश गोपाल पराजुलीको इजलाशले १० फागुन २०७४ मा सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्य रोक्न भनेको थियो ।

पराजुलीको इजलाशले जारी गरेको आदेशसँगै सवारीसाधानमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने कार्य रोकिएको थियो ।

पछि, गोपाल पराजुली र दीपकराज जोशीको २२ फागुन २०७४ को संयुक्त इजलाशले इम्बोस्ड नम्बर प्लेटसँग सम्बन्धित सम्पूर्ण कागजातसहितको मिसिल झिकाउने आदेश जारी गरेको थियो ।

त्यसयता १० पटक पेशीमा नचढेको उक्त रिटमाथि शुक्रबार अन्तिम फैसला सुनाउँदै सर्वोच्चको संवैधानिक इजलाशले रिट नै खारेज गरिदिएको हो ।

सर्वोच्चको फैसलासँगै अब इम्बोस्ड नम्बर प्लेट जडानको कार्य शुरु गर्न बाटो खुलेको यातायात व्यवस्था विभागका एक अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  ५ : ०० बजे

वैदेशिक मुद्रामा ऋणपत्र जारी गर्न सकिने गरी ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन’ संशोधन प्रस्ताव

काठमाडौं– सरकारले ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९’ लाई संशोधन गर्न

अवकाश पाइसकेका व्यक्तिलाई करारमा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं– सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त गरेका

विश्वकप फाइनलअघि स्पेनलाई चिन्ता : लामिन यामालले टोलीको प्रशिक्षण छाडे, चोट बल्झिएको आशंका

एटलान्टा- स्पेनका युवा स्टार लामिन यामालले बिहीबार टोलीको नियमित प्रशिक्षणमा

मलामी गएका युवा दरौँदी नदीमा बगेर बेपत्ता

गोरखा– मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता

जलन उपचारलाई प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीद्वारा विज्ञसँग परामर्श

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले नेपालमा जलन उपचार