अपडेट : धनुषा बम विष्फोटमा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु « Khabarhub

अपडेट : धनुषा बम विष्फोटमा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु

घटनामा संलग्नलाई कानूनी कारबाहीको दायरामा ल्याउने सरकारको प्रतिबद्धता


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषामा गएराति बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ ।

धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर)अमिर कुमार दाहाल उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको हो ।

बम विष्फोटबाट अन्दाजी ४५ वर्षीय राजेश साह र उनका २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा राजेश साहकी १९ वर्षीया छोरी अञ्जली, १५ वर्षको छोरा प्रकाश र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् ।

उनीहरुलाई जनकपुर प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ ।

तीनै जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। शंकास्पदवस्तु भएको जानकारी प्राप्त भएसँगै सो स्थानमा प्रहरी पुग्दा बम विष्फोट भएको थियो ।

विष्फोटका कारण प्रहरी जवान महतोको बायाँ कोखमा छर्रा लागेको छ । बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन । घटनाका विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ ।

यसैबीच गृहमन्त्री रामबहादुर थापाले धनुषा घटनाले आफूलाई स्तब्ध बनाएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५, महेन्द्रनगरमा गयराति भएको विष्फोटमापरि नेपाल प्रहरीका, प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आानन्द साहको मृत्यु तथा तीन जना स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको उल्लेख गरेका छन् ।

मृतकहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै मन्त्री थापाले शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।

उनले घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै यसप्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारवहिको दायरामा ल्याईछाड्ने सरकारको तर्फबाट प्रतिवद्धता रहेको बताएका छन् ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ८ : १५ बजे

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौं– साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन– जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस

दरबार हत्याकाण्डबारे ओलीको दाबी : ‘दीपेन्द्रले बाबुआमाको हत्या गरेका थिएनन्’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८

साउन लागेसँगै इन्द्रचोकको पोते बजारमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न

वैदेशिक मुद्रामा ऋणपत्र जारी गर्न सकिने गरी ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन’ संशोधन प्रस्ताव

काठमाडौं– सरकारले ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९’ लाई संशोधन गर्न