घ्याम्पेडाँडामा जीपलाइन शिलान्यास | Khabarhub Khabarhub

घ्याम्पेडाँडामा जीपलाइन शिलान्यास


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- सूर्यविनायक नगरपालिका क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको जीपलाइनको शुक्रबार शिलान्यास गरिएको छ ।

सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा नयाँगाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिति तथा ताण्डव इन्भेष्टमेन्ट प्रालिले निर्माण गर्न लागेको जीपलाइनको सांसद महेश बस्नेतले रानीकोटमा शिलान्यास गरेका हुन् ।

घ्याम्पेडाँडा रानीकोटगढी हावाघरबाट शुरु हुने जीपलाइन पाइलटबाबा आश्रम पछाडिको नयाँ गाउँसम्म जाने गरी निर्माण हुने भएको हो । रानीकोटगढी हावाघरमा एउटा पोल र पाइलटबाबा आश्रम पछाडि रहेको नयाँगाउँमा अर्को पोल राखेर तारको माध्यमबाट प्राकृतिक सौन्दर्य अवलोकन गर्दै यात्रा गर्ने गरी जीपलाइन शुरु गर्न लागिएको हो ।

सांसद बस्नेतले गुण्डुबाट घ्याम्पेडाँडा रानीकोटसम्मको ४५ मिनेटको पदयात्रामा पाथीभरा, गोसाइँकुण्ड र अन्नपूर्ण आधारशिविर गएजस्तै अनुभव हुने बताए ।

काठमाडौँबाट १९ किलोमिटरको दूरीमा पर्ने यस स्थानमा सूर्यविनायकबाट सात किलोमिटरको बाटो पाँच करोड लागतमा कालोपत्र भइसकेको चर्चा गर्दै बस्नेतले यहाँको तामाङ बस्तीको कला, संस्कृति र रहनसहनले अझ मनमोहक बनाउने दाबी गरे ।

पर्यटन वर्ष २०२० लाई सफल बनाउन र यस क्षेत्रमा पर्यटकको आवागमन बढाउन पदमार्गसहित, प्याराग्लाइडिङ, बञ्जीजम्प, काक्राबारी इकोभिलेज, घरवाससमेतको योजना अगाडि बढाएर काम शुरु भइसकेको बस्नेतले बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा, समितिका सञ्चालक यादव राईलगायतले घ्याम्पेडाँडा र रानीकोटको पर्यटन विकासमा सबै क्षेत्रबाट सहयोग र समन्वय हुने बताए ।

घ्याम्पेडाँडा पर्यटन प्रवद्र्धन समिति तथा ताण्डव इन्भेष्टमेन्ट प्रालिका अध्यक्ष रोमन शिलाकारले निजी क्षेत्रको रु पाँच करोडको लागतमा शुरु गरिने जीपलाइन तीन महिनापछि सञ्चालनमा आउने बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ८ : २५ बजे

भियतनामका उपराष्ट्रपति सुआन नेपालमा

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको

नेपालको लिपुलेकमा आँखा, तर आठ क्षेत्रमा भिड्दै भारत-चीन

काठमाडौं– चीनका विदेशमन्त्री वाङ यीले भारत भ्रमणका क्रममा नेपालको भूमि

सन्तानले असल संस्कार नपाउँदा वृद्धाश्रमको बास !

काठमाडौं– काठमाडौं नक्सालका ७२ वर्षीय मंगलदास महर्जन ‘बुवाको मुख हेर्ने’

धापासी लाम्पाखामा पहिरो, सडक नै अवरुद्ध (तस्बिरहरू) 

काठमाडौं– शुक्रबारको अविरल वर्षाका कारण टोखा नगरपालिका ४ धापासी लाम्पाखा

न्यूयोर्कमा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

एजेन्सी – न्यूयोर्क राज्यको एक राजमार्गमा शुक्रबार पर्यटक बोकेको बस