हिमपातले अवरुद्ध राजमार्ग खुल्यो « Khabarhub

हिमपातले अवरुद्ध राजमार्ग खुल्यो


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– लगातारको वर्षासँगै परेको हिमपातका कारण शुक्रबार दिउँसोबाट अवरुद्ध भएको सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अहिले सञ्चालन भएको छ ।

सडक डिभिजन कार्यालयको डोजर, स्थानीयवासी र प्रहरीको सहायतामा उक्त राजमार्ग आज शनिबार दिउँसोबाट सञ्चालन गरिएको हो ।

लामो समयपछि राजमार्ग सञ्चालन भएपछि अहिले उक्त क्षेत्रमा शुक्रबारदेखि रोकिएका सवारी साधन तथा यात्रुहरु आ–आफ्नो गन्तव्यतिर लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताए ।

हिमपातले राजमार्ग अवरुद्ध हुँदा पहाडदेखि तराई जाने तथा तराईबाट पहाडका लागि आउँदै गरेका सयौँ यातायातका साधन तथा यात्रुहरु गएरातिदेखि उक्त राजमार्गको हगुल्ट भन्ने ठाउँमा अलपत्रमा परेका थिए । हिमपातसँगै चिसो बढेकाले यहाँको जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण अवरुद्ध राजमार्ग खुलाइए पनि सुदूपश्चिम प्रदेशका पहाडी जिल्लाको सञ्चार सम्पर्क भने अझै सञ्चालन भएको छैन । पहाडी जिल्लाहरु दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा, अछाम तथा डोटी जिल्लामा सञ्चार सम्पर्क जोड्नका लागि निर्माण गरिएको नेपाल टेलिकमको टावरमा हिमपातका कारण खराबी आएकाले शुक्रबार रातिदेखि सञ्चार सम्पर्क अवरुद्ध भएको हो । अवरुद्ध भएको सञ्चार सञ्चालन गर्न अझै समय लाग्ने नेपाल टेलिकम दिपायल राजपुर कार्यालयले जनाएको छ ।

शुक्रबार रातिदेखि टेलिफोन सेवा, नेपाल टेलिकमद्वारा वितरण गरिएको एडिएसएललगायतका इन्टरनेट सेवा पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । एडिएसएललगायतका इन्टरनेट सेवा अवरुद्ध भएपछि यहाँका सञ्चारकर्मीहरुले आफ्ना सञ्चारगृहमा समाचार सम्प्रेषण गर्न सकेका छैनन् । ल्यान्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भए पनि मोबाइल सेवा तथा हटस्पोट इन्टरनेट सेवा भने आंशिक रुपमा सञ्चालन रहेको नेपाल टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाशबहादुर चौधरीले बताए ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ३ : ३३ बजे

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौं– साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन– जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस

दरबार हत्याकाण्डबारे ओलीको दाबी : ‘दीपेन्द्रले बाबुआमाको हत्या गरेका थिएनन्’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८

साउन लागेसँगै इन्द्रचोकको पोते बजारमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न

वैदेशिक मुद्रामा ऋणपत्र जारी गर्न सकिने गरी ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन’ संशोधन प्रस्ताव

काठमाडौं– सरकारले ‘सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९’ लाई संशोधन गर्न