सरकार र सीके राउतबीच ११ बुँदे सम्झौता, सभागृहबाट घोषणा « Khabarhub

सरकार र सीके राउतबीच ११ बुँदे सम्झौता, सभागृहबाट घोषणा


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वतन्त्र मधेस गठवन्धनका संयोजक सीके राउतबीच ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

राष्ट्रिय सभामा आयोजित कार्यक्रममा गृहमन्त्री बादल र राउतले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

यसअघि गृहमन्त्री बादल र राउतबीच ११ बुँदे समझदारी भएकोमा ‘सहमति कार्यान्वयन हुने’ अर्को बुँदा समावेश गरेर राष्ट्रिय सभामा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा स्वतन्त्र मधेस गठवन्धनले पृथकतावादी गतिविधि परित्याग गरी मुलधारको राजनीतिमा सहभागिता जनाउने उल्लेख छ ।

यस्तै स्वतन्त्र मधेस गठवन्धनका नेता–कार्यकर्तामाथि लगाइएका सबै राजनीतिक मुद्दा फिर्ता गरी प्रहरी हिरासत र थुनामा रहेका सबै कार्यकर्तालाई बिनाशर्त रिहा गर्ने सम्झौता पनि भएको छ ।

स्वतन्त्र मधेस गठवन्धनले पृथकतावादी गतिविधिको प्रचारका लागि प्रचारण्मा ल्याएका किताव, पर्चा, पम्पलेट तथा अनलाईन सामग्री बन्द गर्ने पनि सम्झौता पत्रमा उल्लेख छ । यस्तै स्वतन्त्र मधेस गठवन्धनले यस अघि तयार पारेका यस्ता पर्चा र पम्पलेटको आधारमा सरकारले मुद्दा नचलाउने पनि सम्झौतापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  २ : ०७ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने