९ जिल्लामा तरकारी तथा फलफूल बजार स्थापना गर्न डीपीआर « Khabarhub

९ जिल्लामा तरकारी तथा फलफूल बजार स्थापना गर्न डीपीआर


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले देशका विभिन्न स्थानमा तरकारी तथा फलफूल बजार सञ्चालन गर्ने भएको छ ।

यसका लागि ९ वटा जिल्लाको विस्तृत अध्ययन प्रतिवेदन(डीपीआर) तयार परेको छ ।

कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकीकरण प्रवर्द्धन कार्यक्रमबाट मुलुकभर ९ स्थानमा आधुनिक तरकारी, फलफूल बजार स्थापनाका लागिका लागि अध्ययन सकिएको र अब बजारका सञ्चालनका लागि कार्यक्रम अघि बढाइने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार मकवानपुर, सुनसरी, मोरङ, महोत्तरी, पर्सा, कास्की, कपिलवस्तु, बर्दिया र रुपन्देहीमा तरकारी तथा फलफूल बजार सञ्चालन हुने भएको हो । यी जिल्लामा बजारका सञ्चालनका लागि कुल ६ अर्ब ७५ करोड ७ लाख ४० हजार रुपैयाँ लागत लाग्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले देशभर तरकारी तथा फलफूल बजार निर्माणका लागि विभन्नि कार्यक्रम सञ्चालनमा ल्याउन योजना अघि सरेको थियो । सोही अनुसार पहिलो चरणमा ९ वटा जिल्लामा तरकारी तथा फलफूलको लागि आधुनिक बजार खोल्न डिपीआर तयारी भएको जानकारी दिएको छ । उत्पादन र कृषिको मागलाई मध्येनजर गरेर डीपीआर तयार गरिएको र सोही अनुसार काम अघि बढ्न कृषि मन्त्रालयका कार्यक्रम प्रमुख प्रकाश सञ्जेलले बताएका छन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ११ : १२ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका