काठमाडौं उपत्यकामै ‘जीपलाइन’सञ्चालनमा आउने « Khabarhub

काठमाडौं उपत्यकामै ‘जीपलाइन’सञ्चालनमा आउने


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पयर्टन प्रवर्धन गर्ने उद्धेश्यका साथ भक्तपुरको सूर्यविनायकमा जीपलाइन सञ्चालनमा आउने भएको छ । त्यसका लागी जीपलाइनको शिलान्यास भएको छ ।

सूर्यविनायक नगरपालिका–७ घ्याम्पेडाँडा नयाँगाउँमा घ्याम्पेडाँडा पर्यटन प्रवर्धन समिति तथा ताण्डव इन्भेष्टमेन्ट प्रालिले निर्माण गर्न लागेको जीपलाइनको सांसद महेश बस्नेतले रानीकोटमा शिलान्यास समेत गरेका छन् ।

घ्याम्पेडाँडा रानीकोटगढी हावाघरबाट शुरु हुने जीपलाइन पाइलटबाबा आश्रम पछाडिको नयाँ गाउँसम्म जाने गरी निर्माण हुने बताइएको छ ।

रानीकोटगढी हावाघरमा एउटा पोल र पाइलटबाबा आश्रम पछाडि रहेको नयाँगाउँमा अर्को पोल राखेर तारको माध्यमबाट प्राकृतिक सौन्दर्य अवलोकन गर्दै यात्रा गर्ने गरी जीपलाइन शुरु गर्न लागिएको हो ।

सूर्यविनायक काठमाडौंबाट १९ किलोमिटरको दूरीमा रहेको छ ।

पर्यटन वर्ष २०२० लाई सफल बनाउन र यस क्षेत्रमा पर्यटकको आवागमन बढाउन पदमार्गसहित, प्याराग्लाइडिङ, बञ्जीजम्प, काक्राबारी इकोभिलेज, घरवाससमेतको योजना अगाडि बढाएर काम शुरु भइसकेको कम्पनीले जनाएको छ ।

घ्याम्पेडाँडा पर्यटन प्रवर्धन समिति तथा ताण्डव इन्भेष्टमेन्ट प्रालिका अध्यक्ष रोमन शिलाकारले निजी क्षेत्रको रु पाँच करोडको लागतमा शुरु गरिने जीपलाइन तीन महिनापछि सञ्चालनमा आउने बताए ।

उपत्यकामै पहिलो पटक सञ्चालन गर्न लागेको जीपलाइन आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बन्ने र यसले पर्यटन वर्ष २०२० लाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रालिको भनाइ छ । केही समय अघि राजधानीबाट नजिकै रहेको धुलिखेलमा पनि जीपलाइन सञ्चालनमा आएको थियो ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ३ : २१ बजे

२०८२ सालको अन्तिम सूर्यास्त, यस्तो देखियो स्वयम्भू महाँचैत्य (तस्बिरहरू)

काठमाडौं–  वि.सं. २०८२ सालको अन्तिम साँझ राजधानी काठमाडौंको स्वयम्भू महाँचैत्य क्षेत्रमा

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,