पौडेल पक्षले बहिष्कार गरेपछि कांग्रेस बैठक सोमबारसम्मका लागि स्थगित « Khabarhub

पौडेल पक्षले बहिष्कार गरेपछि कांग्रेस बैठक सोमबारसम्मका लागि स्थगित


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । आइतवार(आज) दिउँसोका लागि बोलाइएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु उपस्थित नभएपछि बैठक केहीबरे बसेर स्थगित भएको हो ।

बैठक सोमबार दिउँसो १ बजे पुन बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आफ्ना मागहरु सभापतिले सम्बोधन गर्ने दिशामा अघि नबढेको तथा पार्टीलाई एकलौटी ढंगले अघि बढाउन खोजेको भन्दै बरिष्ठ नेता पौडलले नेतृत्वको आलोचना गर्दै आएका छन् ।

उनलाई मनाउन देउवा पनि लागि परेका थिए तर उनको प्रयास सफल हुन सकेन । देउवा हिजो (शनिबार) दिउँसो पौडेल निवास बोहराटार पुगेका थिए । उपसभापति बिमलेन्द्र निधिसहितका नेताहरु बोहराटारमा एकघण्टा भन्दाढी समय बसेर छलफल गरेपनि सहमति जुट्न सकेन ।

पौडेलले १४ औ महाधिवेशनको कार्यतालिकालाई बैठकको मुख्य एजेन्डा बनाउनुपर्ने माग गर्दै आएका छन् । यो विषयमा दुवै पक्षबीच सहमति भएपनि बैठकको एजेन्डामा १४ औं महाधिवेशनको विषय समावेश नगरेकाले बैठकमा सहभागि नहुने नेता पौडेलले बताए ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ५ : २९ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध