मकलमा कोइला बालेर सुतेका आमा–छोरीको मृत्यु « Khabarhub

मकलमा कोइला बालेर सुतेका आमा–छोरीको मृत्यु


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जाडोको समयमा कोठा न्यायानै बनाउनका लागि मकलमा आगो (कोइला) बालेर सुतेका आमा–छोरी मृत फेला परेका छन् ।

काठमाडौंको कीर्तिपुर नगरपालिका–८ सुन्दरबस्तीकी ३६ वर्षीया शर्मिला रञ्जितकार र उनकी २ महिने छोरी मृतअवस्थामा फेला परेका महानगरीय प्रहरी बृत्त कीर्तिपुरले जनाएको छ ।

प्रहरीका अनुसार आइतबार राति शर्मिला, उनकी छोरी र श्रीमान् नवराज मकलमा कोइला बालेर सुतेका थिए । बिहान छोरीलाई तेल लगाउनका लागि भन्दै श्रीमती शर्मिलालाई उठाउन खोज्दा नउठेपछि नवराजले प्रहरीलाई खबर गरेका थिए ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरुको निस्सासिएर मृत्यु भएको हुनसक्ने महानगरीय प्रहरी बृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले बताए ।

डिएसपी कामतीका अनुसार आमा–छोरीको मृत्युको कारण पत्ता लगाउन चिकित्सकसहित प्राविधि प्रहरीको टोली कीर्तिपुर पुगेको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  १० : ५६ बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को