‘सी’ डिभिजन लिगः मनोहराद्वारा ओएसीस पराजित « Khabarhub

‘सी’ डिभिजन लिगः मनोहराद्वारा ओएसीस पराजित


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ‘सी’ डिभिजन लिगको आफ्नो पहिलो खेलमा मनोहरा युनाइटेड युथ क्ल्बले सुखद् सुरुआत गरेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा समूह ए मा रहेको मनोहराले ओएसिस क्लबविरुद्ध ३—२ गोल अन्तरको जीत हात पार्‍यो ।

मनोहराविरुद्ध खेलको ६ मिनेटमा गोल गर्दै ओएसिसले सुरुआती अग्रता लिएको थियो । पहिलो हाफमा १—० गोल अन्तरले पछि परेको मनोहराविरुद्ध ५३ औं मिनेटमा ओएसीसका प्रकाश पुनले गोल गर्दै २—० को फराकिलो अन्तर बनाएको थियो ।

तर, मनोहराका लागि ८२ औं मिनेटमा दिनेश राईले गोल गर्दै टिमलाई लयमा फर्काए । त्यसको ठिक ७ मिनेटपछि ८९ औं मिनेटमा राईले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल गर्दै खेल २—२ को बराबरीमा पुर्‍याए ।

२—२ को बराबरी रहेको खेलको अतिरिक्त समयमा मनोहराका खेलाडीलाई ओएसीसका खेलाडीले फाउल गरेपछि मनोहराले पेनाल्टी पाएको थियो ।

उक्त पेनाल्टीलाई सिमोन राईले गोलमा परिणत गर्दै पहिलो खेल बराबरी हुनबाट जोगाए । जीतसँगै मनोहराले ३ अंक जोडेको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ३ : ४९ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय