ट्रेन्डिङ नम्बर १ मा ‘तिम्रो घरको वरिपरि’ « Khabarhub

ट्रेन्डिङ नम्बर १ मा ‘तिम्रो घरको वरिपरि’


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को पहिलो गीत ‘तिम्रो घरको वरिपरि’ नेपालमा युट्युबको ट्रेन्डिङ नम्बर १ मा परेको छ ।

अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ ।

पूजा शर्मा र सुदर्शन थापाले निर्माण गरेको यो फिल्ममा पूजा शर्मा र पल शाहको जोडी देख्न सकिन्छ । सार्वजनिक गीतमा पनि पूजा र पललाई नै फिचरिङ गरिएको छ ।

हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी लगायतका कलाकारको समेत अभिनय रहेको यो फिल्म रिलिजअघि चर्चामा छ ।

‘म यस्तो गीत गाउँछु’ को सफलतापछि सुदर्शन थापाले पुनः पल र पूजालाई लिड रोलमा लिएर फिल्म बनाएका हुन् ।

यो फिल्म फागुन २३ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ४ : ११ बजे

सिँचाइ र नदी नियन्त्रणमा गति : मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ

दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)लाई

पक्राउ परेका सबै पत्रकार रिहा

काठमाडौं – समाचार कक्षबाट पक्राउ परेका सबै पत्रकार रिहा भएका

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक