बलात्कार आरोपी सिद्धबाबा थप ७ दिन ‘थुना’मै रहने « Khabarhub

बलात्कार आरोपी सिद्धबाबा थप ७ दिन ‘थुना’मै रहने


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– जिल्ला अदालत सुनसरीले जवरजस्ती करणी (बलात्कार)को आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

यसअघि थपिएको ३ दिनको म्याद सकिएपछि प्रहरीले सोमबार सिद्धबाबालाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो ।

अदालतले गिरीमाथि अनुसन्धानका लागि ७ दिनको म्याद थप गरेको हो ।

सुनसरीको चतरास्थित उनकै आश्रममा रहेकी एक महिला (अनुयायी)ले सिद्धबाबा भनिने गिरीमाथि बलात्कारको आरोप लगाएकी थिइन् ।

जिल्ला अदालत सुनसरीले गिरीलाई पक्राउ गर्न अनुमति दिएपछि उनी गत मंसिर १३ गते नै अस्पताल भर्ना भएका थिए ।

प्रहरीले गत सोमबार (मंसिर १६ गते) गिरीलाई अस्पतालबाट ‘पक्राउ’ गरी अदालतमा उपस्थित गराएको थियो ।

तर, गिरी भने आफूलाई मुटुको समस्या रहेको भन्दै विराटनगरस्थित विराट नर्सिङ होमको आईसीयूमै छन् ।

सोमबार पनि अदालतले अनुसन्धानका लागि म्याद थप गरेपछि गिरी प्रहरी हिरासतमा नगई अस्पताल नै गएका हुन् ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ४ : ४५ बजे

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को

राजेन्द्रले सुकुम्बासी रोइरहेको सुनाउँदा प्रधानमन्त्रीले भने, ‘उनीहरूका पीडा र आँसुले म पनि छटपटिएको छु’

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सम्हालेयता पहिलो पटक कुनै राजनीतिक