चिसोमा खोकीले सतायो ? के खाने, के नखाने ? « Khabarhub

चिसोमा खोकीले सतायो ? के खाने, के नखाने ?


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जाडो मौसममा  धेरैलाइ खाेकी लाग्ने समस्याले सताउछ ।  खोकी लाग्ने बिभिन्न कारण हुन्छन् । कुनै खोकी गम्भीर रोगको लक्षण हो भने सामान्य समस्यामा पनि खोकी लाग्छ ।

खोकी लागेको केही दिनमा निको नभए चिकित्सकसँग परामर्श लिएर औषधि सेवन गर्नुपर्छ तर सामान्य खोकी लागेको समयमा घरमै सावधानी अपनाउदा पनि खोकीबाट बच्न सकिन्छ ।

खोकी लाग्दा के खानु हुँदैन ?

कफी तथा चियाः खोकी लाग्दा कफी र दुधको चिया खानु हुदैन । यसले घाटीलाई सुख्खा बनाउने र केही चिज निल्दा समेत गाहे हुन्छ ।

जंक फुडः यस्ता खानेकुराले रोग प्रतिरोधात्मक क्षमता कमजोर बनाउनुका साथैैै शरिरको रक्षात्मक कार्यलाई घटाउछ । तसर्थ पास्ता, चिप्स, प्याक गरिएका स्नयाक्स लगायतका खाने कुरा नखानु राम्रो हुन्छ ।

तारेको खानेकुराः खोकी लाग्दा तारिएका खानेकुराबाट टाढै रहनुहोस । तारिएका खानेकुरा तेलीय हुनाले झन् खोकी लाग्ने गर्छ । तातो तेलमा खानेकुरालाई लामो समय फ्राइ गर्दा एक्रोलिन नामक तत्व उत्पन्न हुने र त्यसले खोकी लाग्ने र घाँटी दुख्ने कारक तत्वलाई सक्रीय पार्छ ।

चिसो पदार्थः आइस क्रिम र चिसो पेय पदार्थले घाँटीको संक्रमणको खतरा हुन्छ ।

मदिराः मदिराले रोग प्रतिरोधात्मक क्षमता घटाउनुका साथै डिहाइड्रेसन गराँउछ । यसले खोकी झन् खोकी बढाउनुका साथै अन्य समस्या उत्पन्न गर्छ ।

खोकी लागेमा के खाने ?

नुनपानी: मनतातो पानीमा नुन हालेर घोली गार्गल गर्नाले सुक्खा खोकी घट्दै जान्छ । नुनपानी पीउदा पनि खोकीको समस्याबाट राहात पाइन्छ ।

मह खाने: सुक्खा खोकी निरन्तर लागेर हैरान बनाएको बेलामा मह खादा सञ्चो हुन्छ । महले घाँटीलाई सुक्खा हुन दिँदैन र सुक्खा खोकी लाग्ने क्रमलाई कम गरिदिन्छ ।

अदुवा हालेको चिया खाने: सुक्खा खोकी लागेको बेला अदुवा मिसाएको चिया खादा फाइदा हुन्छ ।

मनतातो पानी: चिसोका कारण खोकी लाग्ने समस्या देखिएको छ भने चिसो पानी खानु हुँदैन । मनतातो पानी खानाले चिसोबाट लाग्ने खोकीबाट आराम पाइन्छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ६ : १६ बजे

चीनमा मे दिवसका दिन दुई करोड ४८ लाख रेल यात्रुलाई सेवा प्रदान

बेइजिङ- चीनको रेलमार्गले मे दिवसमा दुई करोड ४८ लाख यात्रुलाई

तीन करोडभन्दा बढी लागतमा निर्मित ट्राफिक प्रहरी भवन उद्घाटन

काठमाडौं- जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) परिसरमा

दोलखामा अतिक्रमित क्षेत्र व्यवस्थापन गर्ने बहस सुरु

दोलखा- दोलखा जिल्लामा अतिक्रमण भएको सार्वजनिक जग्गा फिर्ता गर्ने सन्दर्भमा

बाढीले कमला नदीको ‘डाइभर्सन’ बगाएपछि हुलाकी राजमार्ग अवरुद्ध

सिरहा- निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला

एमालेभित्र पुनर्जागरण बहस, शीर्ष नेतृत्वलाई बिदा गरेर संरचना फेर्नुपर्ने युवा नेताहरूको माग

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भित्र पुनर्गठन र