पूर्व एमालेसँग नझुक्ने पूर्व माओवादीको रणनीति | Khabarhub Khabarhub

पूर्व एमालेसँग नझुक्ने पूर्व माओवादीको रणनीति


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा स्थायी कमिटी बैठक जारी रहेका बेला पूर्व एमालेसँग नझुक्ने रणनीतिसहित पूर्वमाओवादी नेताहरुले छलफल गरेका छन् ।

खुमलटारसथित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवासमा सोमबार पूर्वमाओवादी नेताहरुको बैठक बसेको हो ।

स्थायी कमिटी बैठकमा पूर्वमाओवादीका तर्फबाट समान धारणा राखिनुपर्ने प्रस्तावका विषयमा उनीहरुले छलफल गरेका हुन् । स्थायी समिति बैठकका क्रममा पूर्वएमाले समूहसँग नझुक्न उनीहरुले प्रचण्डलाई सुझाव दिएका छन् ।
प्रचण्ड निवासमा बसेको पूर्वमाओवादी नेताहरुको बैठकमा रामबहादुर थापा बादल, हरिवोल गजुरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, देव गुरुङ, वर्षमान पुन, अग्नि सापकोटा लगायत दर्जन बढी नेताहरु बैठकमा सहभागी थिए ।

हाल नेकपाको स्थायी समितिमा पूर्वमाओवादीका तर्फबाट १९ जना नेता छन् । तीमध्ये अधिकांश नेताहरु सोमबार खुमलटार पुगेका थिए ।

बैठकमा नेताहरुले सभामुख पद पूर्वएमालेका लागि छाडिएको बारे जिज्ञासा राखेका थिए । यस विषयमा प्रचण्डले भने सभामुखबारे कुनै सहमति भइनसकेको र सामान्य छलफलको रुपमा मात्रै रहेको प्रतिक्रिया दिएका थिए । सहभागी नेताहरुले प्रत्यक्ष निर्वाचित सांसद र स्थायी समितिमा भएकालाई मात्रै सभामुख बनाउन अडान लिनुपर्ने सुझाव दिएका थिए ।

नेकपा स्थायी कमिटीको चौंथो बैठक दोस्रो दिन आज अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा महासचिव विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत विधान संशोधन प्रस्तावमा सुझावसहित आ–आफ्नो धारणा राख्ने क्रम अघि बढेको छ । स्थायी समितिको अर्को बैठक भोलि पुस १ गते बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने जनाइएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ९ : ५० बजे

कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन

काठमाडौं– कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी

‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक

मोरङ– कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी–  दुहबी नगरपालिका-८ स्थित विश्वकर्मा ईन्जिनियरिङ्ग वोर्कस वर्कसपमा काम गर्ने क्रममा करेन्ट

तीजको लागि यस्तो छ पशुपति क्षेत्र विकास कोषको तयारी

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले भाद्र १० गते मंगलबार मनाइने

प्रयोगशाला देखेर तर्सिन थाले पूर्वका किसान, जे जाँच्यो – त्यसैमा विषादी !

सुनसरी – विषादीरहित वा तोकिएको मापदण्डभन्दा कम विषादीमात्र प्रयोग भएका