भारी हिमपातले हुम्लामा हवाई सेवा अवरुद्ध, खानेपानीको हाहाकार | Khabarhub Khabarhub

भारी हिमपातले हुम्लामा हवाई सेवा अवरुद्ध, खानेपानीको हाहाकार


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको सदरमुकाम सिमीकोटमा भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । भारी हिमपातका कारण हवाई सेवा अवरुद्ध बनेको छ ।

विमास्थलमा बाक्लो हिउँ जमेका कारण एक मात्र यातायातको साधन हवाई सेवा पाँच दिन देखि अबरुद्ध रहदै आएको छ। विमानस्थल हिउँले सेताम्मे भएपछि हवाई सेवा अवरुद्ध भएको हो।

यसबाट सिमकोटबाट नेपालगंज र सुर्खेत झर्ने यात्रुहरु मर्कामा परेका छन्। सिमकोटमा दैनिक उपभोग्य सामानको समेत अभाव हुन थालेको स्थानीयले बताएका छन् ।

यसैबीच हिमपात भएपछि सदरमुकाम सिमकोटमा खानेपानीको हाहाकार भएको छ। अधिकांश घरका धाराहरुमा पानी जमेर नआए पछि मानिसहरु पानी आउने धारामा लाम लाग्ने गरेका छन्।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ६ : ३५ बजे

कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन

काठमाडौं– कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी

‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक

मोरङ– कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी–  दुहबी नगरपालिका-८ स्थित विश्वकर्मा ईन्जिनियरिङ्ग वोर्कस वर्कसपमा काम गर्ने क्रममा करेन्ट

तीजको लागि यस्तो छ पशुपति क्षेत्र विकास कोषको तयारी

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले भाद्र १० गते मंगलबार मनाइने

प्रयोगशाला देखेर तर्सिन थाले पूर्वका किसान, जे जाँच्यो – त्यसैमा विषादी !

सुनसरी – विषादीरहित वा तोकिएको मापदण्डभन्दा कम विषादीमात्र प्रयोग भएका