अर्थमन्त्री खतिवडा र बेलायतका राजदूतबीच शिष्टाचार भेट « Khabarhub

अर्थमन्त्री खतिवडा र बेलायतका राजदूतबीच शिष्टाचार भेट


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडा र  नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेट वार्ता भएको छ ।

भेटका अवसरमा नेपाल–बेलायत सम्बन्धका साथै आपसी हित र चासोका साझा विषयमा विचारविमर्श भएको हो ।

अर्थमन्त्रीले भूकम्पपछिको पुनर्निर्माणका लागि बेलायत सरकारबाट प्राप्त सहयोगका निम्ति धन्यवाद ज्ञापन गर्दै नेपालको सामाजिक–आर्थिक विकासको कार्यसूची, आर्थिक स्थिति, सङ्घीयता कार्यान्वयनमा भएका प्रगति, व्यापारको अवस्था राजश्व परिचालन र सङ्कलनमा भएका सुधारबारे जानकारी दिए ।

उनले बेलायतसँग दोहोरो कर उन्मुक्ति सम्झौताको प्रक्रिया अघि बढाइएको, लगानीको वातावरणमा सुधार भएकाले बेलायतका लगानीकर्तालाई पर्यटन, जलविद्युत्, सडक लगायतमा लगानी गर्न आग्रह गरे।

नेपालको निर्यात वृद्धिका लागि सहजीकरण गर्न बेलायत सरकारलाई अनुरोध पनि अर्थमन्त्रीले गर्नाका साथै नेपाल भ्रमण वर्ष २०२० मा बढीभन्दा बढी बेलायती पर्यटकलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न आग्रह गरे ।

राजदूत पोलिटले नेपाल सरकारको प्राथमिकताअनुसार बेलायत सरकारले आगामी दिनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ९ : ३० बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को