टाउको दुख्यो ? यी हुन् कम गर्ने उपाय « Khabarhub

टाउको दुख्यो ? यी हुन् कम गर्ने उपाय


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मानिसमा टाउको दुख्ने समस्या विभिन्न कारणले हुन्छ । चिसोको मौसममा त धेरै मानिसलाई टाउको दुख्ने समस्याले सताउने गर्छ । टाउको दुखाईका कारणहरु र प्रकारहरु विभिन्न हुने गर्दछ ।

आधा टाउको दुख्ने, बेलाबेलामा एकाएक अत्यधिक टाउको दुख्ने, रींगटा लाग्ने, वाक–वाक लागे जस्तो हुने, वान्ता हुने, घाम, भिडभाड तथा आवाज आउने ठाउ“मा जादा सहन नसक्ने लक्ष्ँणहरु माइग्रेन हुनसक्छ ।

टाउको दुख्ने तथा रिस उठ्ने जस्तो लक्षणहरु देखापर्छ । यदि यस्तो छ भने यो माइग्रेनको लक्षण हो, त्यसैले यसलाई सकेसम्म कम गर्नुपर्छ । यदि नियमित रुपमा यस्ता प्रकारले टाउको दुखिरहेको छ भने निम्न बिषयमा ध्यान दिनुपर्ने हुन्छ–

१. सकेसम्म कहिल्यै भोको पेट बस्नु हुँदैन । पानी तथा फलफूल प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।

२. आफू बसेको स्थान आसपासमा दुर्गन्ध वा बास्ना आउने वातावरण छ भने अन्यत्र जानुपर्छ ।

३. अत्याधिक चम्किलो उज्यालो, भिडभाड तथा आवाज आउने ठाउबाट टाढा रहनुपर्छ ।

४. गुन्द्रुक, सिन्की, तामा तथा बोतलको पुरानो अचार खानु हुँदैन ।

५. दही, मही, पनिर, आइसक्रिम, कफी चकलेटको सेवन गर्नु हुँदैन ।

६. कोक, बियर, रक्सी, वाइन (बन्द बोतल पेय पदार्थ) को सकेसम्म सेवन नगर्ने ।

७. अनावश्यक रुपमा चिन्ता लिने, वा एकोहोरो भएर बस्नु हुदैन । सकेसम्म एक्लै नबस्ने ।

८. दैनिक न्यूनतम ८ घन्टा पुर्ण आरामका साथ सुत्ने गर्नुपर्दछ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ९ : ३९ बजे

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान