जसले हाँस्न जान्दैन उसले बाँच्न जान्दैन, यी हुन् हाँस्नुका फाइदा « Khabarhub

जसले हाँस्न जान्दैन उसले बाँच्न जान्दैन, यी हुन् हाँस्नुका फाइदा


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जसले हाँस्न जान्दैन, उसले बाच्न पनि जान्दैन भन्ने उखान सबैले सुन्नु भएकै होला । हाँस्ने बानी सबैको हुन्छ । दिनमा कति र कुन समयमा हाँस्ने भन्ने नियम छैन ।

कुनै रमाइलो कुरामा जिस्किदा, साथीहरुबीच ठट्ठा गरेर कुराकानी गर्दा वा चुड्किला सुन्दा मानिसलाई हाँसो लाग्छ ।

कुनै पनि कुरामा रमाइलो मानेर हाँस्दा हामीले अन्य कुरा क्षणिक रुपमा भनेपनि बिर्सिएकै हुन्छौं । हाँस्नु स्वास्थ्यका लागि फाइदाजनक छ ।

सधै हाँस्ने बानी भएपनि तपाईलाई हाँस्दा हुने फाइदाबारे थाहा छ कि छैन ? यदी छैन भने आज हामी तपाईलाई हाँस्दा हुने फाइदाको बारेमा जानकारी दिदै छौं ।

हाँस्दा हुने फाइदा यस्तो छ

हाँस्दा मनोविकार हट्छ

तपाईको मनमा कुनै कुन्ठा, आवेग, दुःख,पीडा तथा इर्श्या छ भने दिल खोलेर हाँस्नुस् हाँस्दा तपाईको मनमा भएको कुण्ठा, आवेग, दुःख पीडा तथा इर्श्या हट्छ ।

रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ

हाँस्दा  धेरै मात्रामा अक्सिजन प्राप्त गर्न सकिन्छ । अक्सिजनले क्यान्सरजन्य कोषिका र अन्य हानिकारक ब्याक्टेरिया तथा भाइरस नष्ट गर्छ । हाँसेको समयमा गहिरो श्वास लिइन्छ । यसबाट शरीरमा अक्सिजनको सञ्चार राम्रोसँग भइरोग प्रतिरोधात्मक क्षमता बढ्छ ।

कम्मर दुखाइबाट आराम

तपाईलाई कम्मर दुख्ने समस्या छ भने हाँस्ने गर्नुस् हाँस्दा कम्मरको दुखाइ कम हुन्छ ।

व्यायाम हुन्छ

हाँस्नु पनि व्यायाम गर्नु जस्तै हो । हाँस्दा हृदयको एक्सरसाइज हुन्छ र रक्तरञ्चार प्रवाह राम्रो हुन्छ । धेरै खुसी रहने तथा हाँस्ने मानिसलाई हार्ट अट्याकको सम्भावना कम हुन्छ ।

तनावमा मुक्ति

हाँस्ने मानिस सधै खुसी रहन्छ । खुसी मानिसले तनावलाई सजिलैसँग व्यवस्थापन गर्न सक्छ । त्यसैले तनाव व्यवस्थापनका लागि पनि हाँस्नु फाइदाजनक छ ।

जवान देखिन

दिल खोलेर हाँस्ने मानिसको अनुहारको मांसशेपीले राम्रोसँग काम गर्छ । जसले गर्दा तपाईको अनुहारमा रक्तप्रवाह राम्रौ हुन्छ । त्यसैले हाँस्ने मानिस जवान र सुन्दर देखिन्छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ७ : ०२ बजे

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी – राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि