गहना चोरी गरेर भाग्दै गर्दा पक्राउ « Khabarhub

गहना चोरी गरेर भाग्दै गर्दा पक्राउ


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा–मकवानपुर प्रहरीले गहना चोरी गरेर भाग्दै गरेका एकजनालाई पक्राउ गरेको छ । प्रहरीले गएराति चोरी गरेर भाग्दै गरेको अवस्थामा हेटौँडा– ८ बस्ने १८ वर्षीय साजन पराजुलीलाई पक्राउ गरेको हो ।

हेटौंडा उपमहानगरपालिका–४ स्थित गौरीकुमार मैनाली बस्दै आएको घरमा चोरी भएको भन्ने खबर पाउनासाथ वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीको नेतृत्वमा खटिगएको टोलीले सामान चोरी गरी भाग्दै गरेको अवस्थामा पराजुलीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले पराजुलीका साथबाट चन्द्रमा, झुम्का, तिलहरी, मङ्लशुत्र औंठीसहितका सुनका गरगहना र एक थान ल्यापटप बरामद गरेको प्रहरीले जनाएको छ । पराजुलीलाई आज जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ५ : ०५ बजे

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको