अपहरणमा परेका थापामगरको उद्दार, दुई महिलासहित पाँच पक्राउ | Khabarhub Khabarhub

अपहरणमा परेका थापामगरको उद्दार, दुई महिलासहित पाँच पक्राउ


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुर प्रहरीले अपहरणमा परेका एक जनालाई आठ घण्टापछि उद्दार गरेको छ ।

मकवानपुर प्रहरीले आज बिहान बन्धक बनाइराखेको अवस्थामा हेटौँडा– ९ बाट रामेछाप दोरम्बा–५ बस्ने २१ वर्षीय नरेश थापा मगरलाई उद्दार गरेको हो ।

प्रहरीका अनुसार अम्लेखगञ्जबाट काठमाडौं जाँदै गरेको बा२ज ५९५ नंको ट्याक्सीमा सवार नरेश थापा मगरलाई बा२ज ५३५६ नंको ट्याक्सीमा आएका तीन जनाको समूहले कुटपिट गरी घरेलु हतियार देखाएर अपहरण गरी हेटौँडा–९ लाम्सुरेस्थित एक घरमा बन्धक बनाइराखेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरी अपहरणमा सङ्लग्न पाँच जनालाई सार्वजनिक गर्दै यस बारेमा जानकारी गराएको हो ।

मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले घटनाको जानकारी पाएलगत्तै मकवानपुरबाट खटिएको प्रहरीले अपरहणमा संलग्न भएको आरोपमा चारसहित एकजना बन्धक बनाइराख्ने घरधनीसमेत पाँचजनालाई हेटौँडा–९ लाम्सुरेबाट पक्राउ गरेको बताए ।

प्रहरीले अपहरणमा संलग्न कैलाली धनगढी घर भई जिल्ला काठमाडौँ–३ पुरानो बानेश्वर बस्ने २४ वर्षीय आशिष सिजापति, कञ्चनपुर श्रीपुर–६ बस्ने २९ वर्षीया सुनिता धामी, धादिङ नेत्रवती ढुस्जु गाउँपालिका–६ बस्ने कृष्ण गुरुङ, सोही गाउँपालिका–४ घर भई बा२ज ५३५६ नं ट्याक्सी चालक आशिक लामालाई मगरलाई अपहरण गरी बन्धक बनाएको आरोपमा पक्राउ गरेको छ ।

बन्धक बनाइराखेको घरधनी हेटौँडा–९ लामसुरेका ३६ वर्षीया सरस्वती तामाङलाई घटना भएको आठ घण्टापछि पक्राउ गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ८ : ०९ बजे

रूसी राष्ट्रपति पुटिनले भने : इरानमाथि अमेरिकी-इजरायली आक्रमण अन्तर्राष्ट्रिय कानुनको गम्भीर उलङ्घन

मस्को– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल र अमेरिकाले इरानमाथि गरेका

प्रधानमन्त्री ओलीको तर्क- सही बिचार र नेतृत्वले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कियो

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुटवल उपमहानगरको बजेट तीन अर्ब ३६ करोडबढी

लुम्बिनी– बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि तीन अर्ब ३६

अल्बानिया हुँदै ग्रिस लैजाने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीको लागि अल्बानिया

चीनको विद्युत उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि

बेइजिङ– राष्ट्रिय ऊर्जा प्रशासनले सोमबार दिएको जानकारीअनुसार, चीनको कुल विद्युत