अपहरणमा परेका थापामगरको उद्दार, दुई महिलासहित पाँच पक्राउ « Khabarhub

अपहरणमा परेका थापामगरको उद्दार, दुई महिलासहित पाँच पक्राउ


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– मकवानपुर प्रहरीले अपहरणमा परेका एक जनालाई आठ घण्टापछि उद्दार गरेको छ ।

मकवानपुर प्रहरीले आज बिहान बन्धक बनाइराखेको अवस्थामा हेटौँडा– ९ बाट रामेछाप दोरम्बा–५ बस्ने २१ वर्षीय नरेश थापा मगरलाई उद्दार गरेको हो ।

प्रहरीका अनुसार अम्लेखगञ्जबाट काठमाडौं जाँदै गरेको बा२ज ५९५ नंको ट्याक्सीमा सवार नरेश थापा मगरलाई बा२ज ५३५६ नंको ट्याक्सीमा आएका तीन जनाको समूहले कुटपिट गरी घरेलु हतियार देखाएर अपहरण गरी हेटौँडा–९ लाम्सुरेस्थित एक घरमा बन्धक बनाइराखेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरी अपहरणमा सङ्लग्न पाँच जनालाई सार्वजनिक गर्दै यस बारेमा जानकारी गराएको हो ।

मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले घटनाको जानकारी पाएलगत्तै मकवानपुरबाट खटिएको प्रहरीले अपरहणमा संलग्न भएको आरोपमा चारसहित एकजना बन्धक बनाइराख्ने घरधनीसमेत पाँचजनालाई हेटौँडा–९ लाम्सुरेबाट पक्राउ गरेको बताए ।

प्रहरीले अपहरणमा संलग्न कैलाली धनगढी घर भई जिल्ला काठमाडौँ–३ पुरानो बानेश्वर बस्ने २४ वर्षीय आशिष सिजापति, कञ्चनपुर श्रीपुर–६ बस्ने २९ वर्षीया सुनिता धामी, धादिङ नेत्रवती ढुस्जु गाउँपालिका–६ बस्ने कृष्ण गुरुङ, सोही गाउँपालिका–४ घर भई बा२ज ५३५६ नं ट्याक्सी चालक आशिक लामालाई मगरलाई अपहरण गरी बन्धक बनाएको आरोपमा पक्राउ गरेको छ ।

बन्धक बनाइराखेको घरधनी हेटौँडा–९ लामसुरेका ३६ वर्षीया सरस्वती तामाङलाई घटना भएको आठ घण्टापछि पक्राउ गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ८ : ०९ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन