कुन बैंकले दिए कति लाभांश ? « Khabarhub

कुन बैंकले दिए कति लाभांश ?


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत आर्थिक बर्षको मुनाफाबाट बैंकहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

सबै भन्दा धेरै लाभांश दिने बैंकमा एनएमबि बैंक बनेको छ । बैंकले गत आर्थिक बर्षको नाफाबाट आफ्ना लगानिकर्तालाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । जसमा १४ प्रतिशत नगद र २१ प्रतिशत बोनस लाभांश दिएको छ ।

नविल बैंकले २२ प्रतिशत नगद र १२ प्रतिशत बोनस गरि ३४ प्रतिशत लाभांश दिएको छ । त्सस्तै गरि बढी लाभांश दिने बैंकमा सिद्धार्थ पनि परेको छ । बैकले बोनस सेयर १० प्रतिशत छ भने नगद लाभांश १५.२६ प्रतिशत गरी कुल २५.२६ प्रतिशत लाभांश दिएको छ ।

ग्लोबल आइएमई बैंकले १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नै नगद लाभांशसहित २५.५० प्रतिशत लाभांश दिएको छ । कृषि विकास बैंकले ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

एभरेष्ट बैंकले ५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश सहित २५ प्रतिशत लाभांश दिएको छ भने नेपाल बैंकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगदसहित २५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यसैगरी सिभिल बैंकले ६.५७ प्रतिशत, मेगाले ११.७५ प्रतिशत र स्ट्यान्डर्डले २२.५ प्रतिशत नगद लाभांश दिने भएका छन् । २५ वटा बैंकमा सबैभन्दा कम लाभांश दिने बैंकमा सिभिल बैंक रहेको छ । सिभिल, मेगा र स्टयान्डर्ड  चार्टर्ड बैंकहरुले बोनस नदिने र नगद लाभांश मात्रै दिने गरेका छन् ।

सिभिलले ६.५७, मेगाले ११.७५ र स्टयान्र्डडले २२.५ प्रतिशत नगद लाभांश दिने भएको हुन् ।

अघिल्ला वर्षहरुमा बैंकहरुले राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पुँजी पुर्याउनको लागि बोनसको पनि साथ लिएका थिए । ८ अर्ब पुँजीको चटारोमा रहेका बैंकहरु अब २० अर्ब हाराहारीमा पुँजी पुर्याउने तर्खरमा लागेका छन् ।

यति बेला बैंकहरुलाई पुँजीको चटरो छैन । त्यसैले गर्दा पनि नगदमा भन्दा बोनसमा बढी ध्यान गएको लगानीकर्ताको भनाई छ ।

यस्तै गत आव भन्दा बैंकहरुले आव २०७४र ७५ मा बोनसमा भन्दा नगद लाभांशमा बढी ध्यान दिएको देखिएको छ । आत २०७४र७५ मा १६ वटा बैंकहरुले मात्रै लगानीकर्तालाई बोनस दिएका थिए ।

उक्त आवमा सबैभन्दा बढी बोनस दिने बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंकको रहेको थियो । बैंकले १८ प्रतिशत बोनस सहित ४० प्रतिशत लाभांश दिएको थियो । उत्त आवमा सबैभन्दा बढी लाभांश दिने बैंकमा पहिला इन्भेष्टमेन्ट, दोस्रोमा नबिल बैंकको ३४ र एनएमबी बैंकको ३० प्रतिशत रहेको थियो ।

अघिल्लो आवमा बैंकहरुले बोनस भन्दा बढी नगद लाभांश नै दिएका थिए । अघिल्लो आवमा माछापुच्छे«, एभरेष्ट, नेपाल बंगलादेश, स्टयान्डर्ड, चार्टर्ड, सनराइज, सानिमा, ग्लोबल आईएमई बैंकले नगद लाभांश मात्रै दिएका थिए ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १० : २५ बजे

भोटेकोशी बाढीको वितण्डा: १६५ शव फेला, ८५६ सम्पर्कविहीन, रसुवा र नुवाकोट संकटग्रस्त घोषित

काठमाडौँ – नेपाल–चीन सीमा नजिकै (रसुवागढी) भोटेकोशी नदीमा आएको भीषण

रास्वपाले बोलाएको सर्वदलीय बैठक : गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा परेको रिटको पेसी आज

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर

बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, हिमपहिरो मुख्य कारण रहेको चिनियाँ दूतावासको भनाइ

काठमाडौँ – काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा गएको बाढी

प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत उद्धार : सञ्चार र विद्युत् सुचारु गर्न उपकरण पठाइयो

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित क्षेत्रमा राहत तथा