जान्नुहोस् जाडो मौसमा सुन्तला खानुका १५ फाइदा | Khabarhub Khabarhub

जान्नुहोस् जाडो मौसमा सुन्तला खानुका १५ फाइदा


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जाडो मौसममा घाममा बसेर सुन्तला र बदाम खानुको मज्जा नै बेग्लै हुने गर्दछ ।

जाडो मौसममा फल्ने सुन्तला जाडोको समयमा खाएमा यसले असर गर्छ भन्ने केहि मानिसमा गलत धारणा छ ।

तर सुन्तला स्वादका लागि मात्र नभइ स्वास्थ्यका हिसाबले पनि लाभदायक हुन्छ । किनकी सुन्तलालाई भिटामिन ‘सी’को प्रमुख स्रोत मानिन्छ । साथै यो सौन्दर्यका हिसाबमा पनि फाइदाजनक मानिन्छ । अरु के के छ त सुन्तला खानुको फाइदा :

१. दिनहु सुन्तलाको सेवन गर्नेहरुमा मिर्गौलाको पत्थरी हुने संभावना कम रहन्छ ।

२. दम, ब्रोङकाइटिस, रुघाखोकी, ज्वरो र मुटुको रोगीलाई समेत सुन्तला खाँदा लाभ मिल्छ ।

३. डण्डिफोर, खटिरा, निमोनिया, पाइरिया, श्वासप्रश्वासको समस्या, टाइफाइड, मधुमेह र उच्च रक्तचापका रोगीलाई पनि सुन्तलाको सेवन लाभदायक मानिन्छ ।

४. सुन्तला नियमित खाने मानिसलाई रक्सीको लत छाड्न मद्दत गर्छ ।

५. सुन्तलामा हुने साइट्रस लिमोनोइड्समले विभिन्न क्यान्सरको जोखिमबाट बचाउने गर्दछ ।

६. सुन्तलामा पाइने क्यारोटेनोइड्स नामक तत्वले कलेजोको क्यान्सर हुनबाट जोगाउछ ।

७. सुन्तलामा फाइबर प्रशस्त पाइन्छ यसले शरीरमा कोलेस्टरोलको मात्रा घटाउन मद्दत गर्छ ।

८. सुन्तलामा हुने पोटासिमय र इलेक्ट्रोलाइट मिनरललाई मुटु रोगीका लागी राम्रो मानिन्छ ।

९. सुन्तलामा पाइने पोलिफेनोल्स तत्वले रुघाखोकीजस्ता भाइरल इन्फेक्सनबाट जोगाउने गर्दछ ।

१०. कब्जियतको समस्या हुने मानिसले सुन्तला खाने गरेमा दिसा खलास हुने गर्दछ ।

११. सुन्तलामा हुने फाइबरले पाचन प्रक्रियालाई बलियो बनाउछ ।

१२. सुन्तलामा पाइने भिटामिन–ए, क्यारोटेनोइड नामक तत्वले आ“खा तेजिलो बनाउने गर्दछ ।

१३. सुन्तलामा पाइने फ्लाभोनोइड हेस्पेरिडिन र म्याग्नेसियमले उच्च रक्तचापलाई नियन्त्रण गर्छ ।

१४. सुन्तलामा बेटा–क्यारोटिन पाइन्छ जसले छालालाई चम्किलो बनाउने गर्दछ ।

१५. सुन्तलामा पानिको मात्र प्रसस्त पाइन्छ, यसले डिहाइड्रेसन हुनबाट बचाउँछ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ३ : १४ बजे

उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको निधन

काठमाडौं– उरुग्वेका सामाजिक सुधारका प्रतीक मानिने पूर्वराष्ट्रपति जोसे मुजिकाको ८९

दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमण, २८ जना मारिए, राहत वितरणमा अवरोध 

काठमाडौं– इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको ज्यान

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक बुधबार पनि बस्दैछ ।

प्रतिनिधिसभामा भूमि सम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

सिरियामाथिका सबै प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाउने