रियाल मड्रिड विश्वको धनी क्लब बन्दा बार्सिलोना दोस्रो, खुम्चियो म्यान्चेस्टर « Khabarhub

रियाल मड्रिड विश्वको धनी क्लब बन्दा बार्सिलोना दोस्रो, खुम्चियो म्यान्चेस्टर


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्व फुटबल क्लबहरुमा स्पेनिस महारथी रियाल मड्रिडले आफ्नो स्थान बनाएको छ । लगातर दुई वर्षसम्म शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै स्पेनिस क्लब रियाल मड्रिड शीर्ष स्थानमा आउँदा बार्सिलोना दोस्रो धनी क्लब बनेको हो ।

विश्वका सबभन्दा धनी २० फुटबल क्लबको सूचीमा रियाल मड्रिड ७ सय ५१ मिलियन युरो कमाई गरेर म्यानचेस्टर युनाइटेडलाई पछि पार्न सफल भएको हो ।

इङ्ग्लिस क्लब युनाइटेड ६ सय ६६ मिलियन युरो कमाउँदै तेस्रो स्थानमा झर्दा स्पेनिस अर्को महारथी बार्सिलोना दोस्रो स्थानमा उक्लिको छ । सबभन्दा धनी क्लबको सुचीमा शीर्ष दुई स्थानमा स्पेनका क्लब रहेको यो सन् २०१४–१५ को सिजनपछि पहिलो पटक हो ।

सिजन २०१७–१८ मा आधारित भएर फुटबल मनी लिगले निकालेको तथ्यांकअनुसार शीर्ष २० क्लबको जम्मा आम्दानी ६ प्रतिशतले बढेको छ । शीर्ष २०को सूचीमा इङलिस प्रिमियर लिगका ६ क्लब शीर्ष १० मा परेका अटाएका छन् ।

यी हुन् शीर्ष २० क्लब

१ रियाल मड्रिड
२ बार्सिलोना
३ म्यानचेस्टर युनाइटेड
४ बार्यन मुनिख
५ म्यानचेस्टर सिटी
६ पेरिस सेन्ट जर्मन –पीएसजी)
७ लिभरपुल
८ चेल्सी
९ आर्सनल
१० टोटह्याम
११ युभेन्ट्स
१२ बुरुसिया डटमन्ड
१३ एट्लेटिको मड्रिड
१४ इन्टर मिलान
१५ रोमा
१६ स्काल्क
१७ एभरटन
१८ एसि मिलान
१९ न्यू क्यासल युनाइटेड
२० वेष्ट हाम युनाइटेड

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ४ : ०१ बजे

मधेश प्रदेशमा इन्जिनियरिङ अध्ययन संस्थानको नयाँ क्याम्पस स्थापना गरिने

काठमाडौँ – सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा