केन्यामा बेचिएका नेपाली युवतीको हेरचाहमा केन्याली सरकार असफल भएको आरोप « Khabarhub

केन्यामा बेचिएका नेपाली युवतीको हेरचाहमा केन्याली सरकार असफल भएको आरोप


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्यामा मानव तस्करद्वारा बेचिएका नेपाली महिलाको उद्दारपछि हेरचाह गर्न केन्याली सरकार असफल भएको सामाजिक संस्था हार्टले आरोप लगाएको छ ।

हार्टका अनुसार अगस्ट महिनामा नोइरोबी बारबाट उद्दार गरिएका ३ नेपाली र २ जना भारतीयसँग बेचबिखन गिरोहको बारेमा सोधपुछको लागि थुनामा राखेपछि उनीहरुमा मानसिक समस्या देखिएको हार्टको एक रिपोर्टमा उल्लेख गरिएको छ । हार्ट मानव वेचविखन विरुद्ध केन्यामा काम गर्ने गैरसरकारी संस्था हो ।

उनीहरु ४ महिना पछि घर फर्कने बेलामा कतिपय बेहोश अवस्थामा रहेको, अस्पतालमा रहेर र कतिपय आत्महत्या गर्ने अवस्थामा पुगका हार्टले जनाएको छ ।

कतिपय केन्यालीले मसाज पार्लरलाई अघोषित रुपमा यौन अखडा बनेको उसले जनाएको छ ।

यसको साथै, स्थानीय मोम्मासामा बालबालिलाई जवरजस्ती अनैतिक कार्यमा संलग्न गराएकोले केन्याली सरकारलाई यस्ता गिरोह पक्राउ गर्न हार्टले आह्वान समेत गरेको छ ।

गत चैतमा केन्याको एक बारमा प्रहरीले छापा मारी १२ नेपाली युवतीलाई उद्दार गरेको थियो । केन्याको दोश्रो ठूलो शहर मोम्बासाको न्याली क्षेत्रमा रहेको रङ्गीला बारमा छापा मारी १२ नेपाली युवतीलाई उद्दार गरिएको थियो । उनीहरुलाई श्रावण महिनामा उद्दार गरी नेपाल ल्याइएको थियो ।

केन्याको प्रहरीले भने यौन धन्दा तथा मावन तस्कर गिरोहलाई लक्षित गरी आगामी दिनमा अझै प्रभावकारी कारवाही गरिने बताउँदै आएको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  २ : ०५ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन