सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध « Khabarhub

सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिपायल – सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमद्वारा वितरित इन्टरनेट सेवा (एडिएसएल) अवरुद्ध भएको छ ।

अप्टिकल फाइबरमा आएको खराबीका कारण यहाँको इन्टरनेट सेवा आज बिहानदेखि अवरुद्ध भएको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिए ।

उनले भने , “बुटवलमा अप्टिकल फाइबरमा खराबी आएकाले इन्टरनेट सेवा अवरुद्ध भएको जानकारी आएको छ । सेवा सुचारु गराउन प्रविधिक टोली परिचालन भैसकेको छ ।”

इन्टरनेट सेवा अवरुद्ध भएपछि बैंकिङ कारोवारसमेत प्रभावित छ । सुदूरपश्चिमप्रदेशमा पटकपटक नेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयलाई निकै सास्ती हुने गरेको छ । नेपाल टेलिकमको डोटीस्थित दिपायल राजपुर कार्यालयले ३०० जनालाई अति दु्रत गतिको इन्टरनेट सेवा फोरजी सेवाको सिमकार्ड निःशुल्करुपमा वितरण गरेको छ ।

जिल्लामा केही हप्ता पहिलेदेखि फोरजी सेवा शुरु भएपछि उक्त कार्यालयले पहिलो पटक दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा ३०० जना नागरिकलाई निःशुल्करुपमा फोरजी सिमकार्ड वितरण गरेको नेपाल टेलिकमको डोटीस्थित दिपायल राजपुर कार्यालयका प्रमुख केशवराज भट्टले बताए । उनले भने, “इन्टरनेटमा सबैको पहुँच होस् भनेर हामीले निःशुल्क सिमकार्ड वितरण गरेका छौँ, अधिकांशले लिएका छन् ।”

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  २ : ४४ बजे

ट्रम्पले गरे येशू जस्तो देखिने आफ्नै तस्विर डिलिट : पोपसँगको विवाद चर्कियो

रोयटर्स – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई येशू ख्रीष्ट जस्तो

आशाले एक रुपैयाँ पारिश्रमिकमा गाएको त्यो अजम्बर नेपाली गीत !

काठमाडौं – सन् १९८० मा तुलसी घिमिरे ‘बाँसुरी’ फिल्मबाट निर्देशनमा

गहुँको उत्पादन लागत बढ्यो, समर्थन मूल्यले लागत उठेन

कञ्चनपुर– सरकारले तोकेको गहुँको समर्थन मूल्यप्रति किसानले असहति जनाएका छन्

उत्पादनमा कमी आएपछि अण्डाको मूल्य बढ्यो

चितवन– अण्डको उत्पादनमा कमी र माग बढे पछि मूल्य बढेको

सिरहाको सलहेश फूलबारीमा भक्तजनको घुइँचो

सिरहा– सिरहाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिकस्थल सलहेश फूलबारीमा आज नयाँ