मन्त्रिपरिषद् निर्णय: दुई सचिवको सरुवादेखि महासेनानीको राजनीमा स्वीकृतसम्म « Khabarhub

मन्त्रिपरिषद् निर्णय: दुई सचिवको सरुवादेखि महासेनानीको राजनीमा स्वीकृतसम्म


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–सरकारले दुई सचिवको सरुवा गरेको छ ।

सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद विडारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,अतिरिक्त समूहका सचिव बालकृष्ण घिमिरेको सरुवा गरेको हो । घिमिरे सुदूरपश्चिम र विडारीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

विहीवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै मन्त्री बाँस्कोटाले सरकारले सरकारी,सार्वजनिक,गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरुको हिनामिना सम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि गठन गरेको सीआईबीको छानबिन समितिको म्याद पुस २८ गतेसम्मका लागि थपे गर्ने निर्णय गरेको जानकारी दिए ।

यस्तै, सरकारले सेनाका सहायक रथी निर्मलकुमार थापालाई उपरथी,महासेनानी नारायण सिलवाललाई सहायक रथी र प्रमुख सेनानीद्वय लव खत्री र रुपेन्द्र बुढाथोकीलाई महासेनानीमा बढुवा गरेको छ । सरकारले सेनाका महासेनानी दिप सिं र प्राविधिक महासेनानी डा. अमित जोशीको राजीनामा पनि स्वीकृत गरेको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ५ : ५२ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार