आजको मौसम-पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो « Khabarhub

आजको मौसम-पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मध्य तथा पुर्वी तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो लागेको र पश्चिमी भू-भाग लगायत पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलिको अवस्था रहेको जनाएको छ ।

नेपालको पश्चिमी भू-भागमा पश्चिमि वायूको आंशिक प्रभाव देखिएको महाशाखाले जनाएको छ ।

महाशाखाले पूर्वी र मध्य तराईका केही स्थानमा सामान्य हुस्सु/कुहिरो देखिएको हुँदा सो स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो बढेको जनाएको छ । चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन सबैमा महाशाखाले अनुरोध गरेको छ।

पौष ४ गते (शुक्रबार)

दिउँसो: देशको पश्चिमि र मध्य भू-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका उच्च पहाडी/हिमालि भू-भागमा हल्का हिमपात र पश्चिमि पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राती: देशभर आंशिक देखि सामान्य वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडी/हिमालि भू-भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

पौष ५ गते (शनिवार)

दिउँसो: देशको पश्चिमि भू-भागमा सामान्य वदली र मध्य तथा पूर्वी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका उच्च पहाडी/हिमालि भू-भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति: देशको पश्चिमि भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भू-भागमा मौसम समान्यतया सफा रहनेछ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ५ : ५९ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा