नाता प्रमाणित गर्दा २ लाख घुस लिने वडाध्यक्ष पक्राउ « Khabarhub

नाता प्रमाणित गर्दा २ लाख घुस लिने वडाध्यक्ष पक्राउ


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रामग्राम– नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष गोपाल दिस्वा मगर २ लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

सेवाग्राहीको नाता प्रमाणित तथा स्वास्थ्य उपचारको सिफारिस लगायतको बहानामा २ लाख रुपैयाँ घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले वडाध्यक्ष मगरलाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले वडाध्यक्ष मगरसहित लेखनदास रवीन्द्रप्रसाद यादवलाई समेत नियन्त्रणमा लिएको छ ।

वडाध्यक्ष मगरले लेखनदास यादवमार्फत सेवाग्राहीबाट घुस उठाएको देखिएको अख्तियारले जनाएको छ ।

अख्तियारको टोलीले वडाध्यक्ष मगरलाई रामग्राम नगरपालिका–१८ स्थित होली चाइल्ड स्कूल नजिकबाट र लेखनदास यादवलाई मालपोत कार्यालय नवलपरासी (पश्चिम) जाने बाटोबाट नियन्त्रणमा लिइको जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १ : १६ बजे

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन चिसो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको