ज्येष्ठ नागरिकलाई घरदैलोमै उपचार सेवा | Khabarhub Khabarhub

ज्येष्ठ नागरिकलाई घरदैलोमै उपचार सेवा


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तारकेश्वर नगरपालिकाले ६० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचका लागि घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम शुरु गरेको छ ।

स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने व्यक्तिलाई घरमै सुविधा दिने उद्देश्यले कार्यक्रम शुरु गरिएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताए । उनका अनुसार उक्त कार्यक्रम हरेक महिना नगरपालिकका ११ वटै वडामा सञ्चालन भइरहेको छ । घरदैलौ कार्यक्रमका लागि स्वास्थ्यचौकी प्रमुखको नेतृत्वमा टोली बनाइएको छ ।

सो स्वास्थ्य परीक्षणका लागि नगरपालिकाबाट प्रत्येक वडालाई ५ लाखका दरले बजेट छुट्याएको छ । हरेक वडामा स्वास्थ्य जाँचका लागि आवश्यक उपकरण र औषधिको थप व्यवस्थापनसमेत गरिएको बताइएको छ ।

नगरपालिकाले स्वास्थ्य सुविधालाई नागरिकको पहुँचसम्म पुर्‍याउन ४ शहरी स्वास्थ्य केन्द्र र प्रत्येक वडामा एउटा–एउटा स्वास्थ्यचौकी सञ्चालन गरिएको छ ।

आगामी दिनमा यस्ता खालका कार्मक्रमलाई निरन्तरता दिँदै महामारी दैवी प्रकोपजस्ता कार्यका लागि तत्काल सेवा प्रदान गर्न नगर आकस्मिक स्वास्थ्य कोष स्थापना गरी आवश्यकताका आधारमा विशेषज्ञसहितको स्वास्थ्य शिविर सञ्चालन गरिने जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ३ : ३२ बजे

इजरायली बन्धकको भिडियो सार्वजनिक भएपछि परिवार चिन्तित, युद्धविराम गर्न दबाब

काठमाडौं– गाजा क्षेत्रमा सक्रिय लडाकु समूह हमास र प्यालेस्टाइन इस्लामिक

च्याटजीपीटीको प्रयोगमा गिरावट

काठमाडौं- सन् २०२२ पछि पहिलो पटक व्यवसायिक कम्पनीहरूमा च्याटजीपीटीको प्रयोगमा

अन्तर्राष्ट्रिय सम्बन्ध र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा संसदीय समितिको बैठक

केही भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सप्तकोशी नदीमा पानीको बहाव एक लाख ७९ हजार क्युसेक

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले