इण्डो प्यासिफिक अन्तर्गत भए एमसीसी स्वीकार्दैनौंः अध्यक्ष प्रचण्ड « Khabarhub

इण्डो प्यासिफिक अन्तर्गत भए एमसीसी स्वीकार्दैनौंः अध्यक्ष प्रचण्ड


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकाको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता इन्डो प्यासिफिक रणनीति अन्तर्गत भए अस्वीकार्य हुने बताएका छन् ।

एमसीसीका विषयमा स्थायी कमिटीमा समेत छलफल भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले एमसीसी इण्डो प्यासिफिक रणनीति अन्तर्गत भए अस्वीकार्य हुने बताएका हुन् ।

उनले नेकपा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै बाहिर हल्ला गरे जस्तो भएपनि इण्डो प्यासिफिक ओरियन्टेड हो भन्ने भयो भने स्वीकार नहुने बताएका हुन् । उनले भने, ‘शान्ति र विकासका लागि हो भने अगाडि बढाउन सकिन्छ ।’

यसबारे पार्टीले निर्णय गरेपछि संसदीय दलमार्फत जानकारी गराइने जानकारी दिए । बिहीबारदेखि जारी नेकपा स्थायी कमिटी बैठकमा नेताहरुले एमसीसीबारे प्रश्न उठाएका थिए ।

बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने एमसीसी, इण्डो प्यासिफिकको अंग नभएको बताएका थिए ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ७ : ४४ बजे

यी हुन् ६ वटा दलका ११० जना समानुपातिक सांसद

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न ६ वटा दलबाट

पहिलो ‘ट्रान्सजेन्डर महिला सांसद’ भूमिकालाई सम्मान

काठमाडौं– ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको तर्फबाट

८ महिनामा आयो ४० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्म नेपालमा

सांसदहरूलाई रास्वपाको अभिमुखीकरण, होटलमा नाता र साथी लान नपाइने, फोटो खिच्न पनि निषेध

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका

एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक करोड १६ लाख नगदसहित दुई हुण्डी