नोकियाको बनाना फोनको मूल्य घट्यो, यस्ता छन् विशेषता « Khabarhub

नोकियाको बनाना फोनको मूल्य घट्यो, यस्ता छन् विशेषता


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्व मोबाइल बजारमा आफ्नो पुरानो पहिचान फर्काउन लागिपरेको नोकियाले भिन्न र नयाँ देखिने उत्पादनहरु ल्याइरहेको छ । गत वर्षको मोबाइल वर्ल्ड कङ्ग्रेसमा सार्वजनिक भएको नोकिया ८११० (४ जी) फोन पनि डिजाइनका कारण चर्चामा आएको थियो ।

नोकियाले यस वर्ष उक्त मोबाइलको मूल्य घटाएको छ । भारतीय बजारमा चर्चा कमाएको यो फोनको मूल्य १ हजार रुपैयाँ भारु घटेको एचएमडी ग्लोबलले जनाएको छ ।

यसअघि उक्त मोबाइलको मूल्य ५ हजार ९ सय ९९ भारु थियो । अब यो मोबाइल ४ हजार ९ सय ९९ भारुमा उपलब्ध हुने छ ।

नेपाली बजारमा भने यो मोबाइल अहिले उपलब्ध छैन ।
नोकियाले नेपाली बजारमा पनि यो मोबाइल बिक्रीका लागि उपलब्ध गराउने जनाएको भएपनि अहिलेसम्म बिक्रीमा आइसकेको छैन ।

भारतीय बजारमा सन् २०१८ को फेब्रुअरी महिनामा लञ्च यो मोबाइल चौथो पुस्ताको नेटवर्क (फोरजी)मा आधारित छ । १.१ जीएचजेड डूअल–कोर क्वालकम स्यापड्रागन २०५ प्रोसेर भएको यो मोबाइलमा ५१२ जीबीको ¥याम र ४ जीबीको इन्टरनल स्टोरेज छ ।

यसमा १५०० एमएएच क्षमताको ब्याट्री छ । यद्यपि पछिल्लो संस्करणमा भने केही अपडेट गरिएको जनाइएको छ ।

 

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ४ : २७ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने