मेलम्चीको पानी असारभित्र सुन्दरीजल झारिने « Khabarhub

मेलम्चीको पानी असारभित्र सुन्दरीजल झारिने


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम तीव्र गतिमा अघि बढाइएको छ ।

चालु आर्थिक वर्षको असार मसान्तभित्रैमा सुन्दरीजल पानी झार्ने योजनाका साथ अहिले यहाँको कामलाई तीव्रता दिइएको हो ।

आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने, “आगामी असारभित्रैमा अस्थायी बाँध बाँधेरै भए पनि सुन्दरीजलमा पानी झार्ने तयारी भइरहेको छ ।”

तेस्रो पटक नियुक्त भएको चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले पूर्ण क्षमतामा कामदार र मेशिनरी औजार परिचालन गरेकाले असारमा पानी पु¥याउने लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै आएको छ ।

आयोजनामा अहिले हेडवक्र्स ९इन्टेक०को काम तीव्र रुपमा भइरहेको छ । त्यही हेडवक्र्समार्फत पानी टनेलमा पठाइन्छ । टनेलको गेट बनाउने कामसमेत जारी छ । उक्त कम्पनीसँग भएको सम्झौतामा ३२ वटा गेट बनाइने उल्लेख छ ।

सुरुङभित्रको काम ‘फिनिसिङ’को चरणमा पुगेकाले १० प्रतिशतमात्रै बाँकी रहेको उनले बताए । आयोजनाको सबै गरेर ९५ प्रतिशत काम सकिएको उनले बताए ।

टनेलको मात्रै ९० र मुहान क्षेत्रको काम ६० प्रतिशत सकिएको उनले बताए । गत असोजमा १५ महिने ठेक्का सम्झौता भएको सिनोले एक महिनादेखि आयोजनाको बाँकी कामलाई तीव्रता दिइरहेको छ । दैनिक तीन सय कामदार र आवश्यक मात्रामा मेशिनरी औजार परिचालन गरिएको छ ।

आयोजनाको मुख्य संरचना साढे २६ किलोमिटर लामो सुरुङमार्ग छेडेको इटालियन ठेकेदार कम्पनी सीएमसीले ठेक्का तोडेपछि बाँकी काम सिनोले गरिरहेको छ ।

उसले मुहानस्थलमा हेडवक्र्स, अस्थायी संरचना, कफर्ड ड्यामको काम गरिरहेको छ । कार्यकारी निर्देशक खत्रीले सुरुङ ढलान गर्ने काम साढे दुई किलोमिटर बाँकी रहेको बताए ।

मुहानमा स्थायी संरचना हेडवक्र्स ९इन्टेक० बन्न अझै एक वर्ष लाग्ने भएकाले तत्काल अस्थायी ड्याम बनाएर पानी पठाउन लागिएको छ । सिनोले सुरुङको बाँकी काम गर्न रु ८५ करोड र रु एक अर्ब दुई करोडमा हेडवक्र्सको ठेक्का पाएको आयोजनाले जनाएको छ । असोजमा गरिएको सम्झौताअनुसार १५ महिनाभित्र दुवै काम सक्नुपर्नेछ ।

सरकारले २०५५ बाट मेलम्चीको काम अघि बढाएको थियो । साढे २६ किलोमिटर सुरुङ खन्नुपर्नेमा झण्डै ६ किमीमात्र खनेर सन् २००९ मा चिनियाँ ठेकेदार कम्पनी चाइना रेल्वेले ठेक्का तोडेको थियो ।

बाँकी काम गर्न ठेक्का पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीले आफ्नै कारणले गत वर्षको पुसमा आयोजना छोडेकाले सरकारले ठेक्का तोडेको थियो ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १० : १५ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य