उच्च रक्तचापबाट पीडित हुनुहुन्छ ? हरेक दिन यसरी खानुस् लसुन | Khabarhub Khabarhub

उच्च रक्तचापबाट पीडित हुनुहुन्छ ? हरेक दिन यसरी खानुस् लसुन


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भान्सामा सामान्य रुपमा प्रयोग हुने लसुनका धेरै फाइदा रहेका छन् । तरकारीमा भुटेर वा ग्रेभीमा पिधेर लसुनको प्रयोग हुने गरेको छ ।

यो स्वाद र स्वास्थ्यका हिसावले निकै लाभकारी मानिन्छ ।

आयुर्वेदमा समेत लसुनको फाइदाबारे चर्चा गरिएको पाउन सकिन्छ । लसुन सामान्य रुपमा प्रयोग गर्ने गरिएको भएपनि खाली पेटमा लसुन खानुका विभिन्न फाइदा रहेका छन् ।

यस्ता फाइदा

बिहान खाली पेटमा काँचो लसुनको केस्रा चपाउँदा उच्च रक्तचाप नियन्त्रण हुनुका साथै यसले रक्तसञ्चार नियमित गराउँछ । साथै, मुटुरोगीलाई समेत फाइदा मिल्छ ।

लसुन खानाले उच्च रक्तचापबाट छुटकारा दिलाउँछ । लसुनले ब्लड सर्कुलेशनलाई कन्ट्रोल गर्न मद्वत गर्छ । चिकित्सकहरुले उच्च रक्तचापबाट पीडित व्यक्तिहरुलाई हरेक दिन लसुन खान सल्लाह दिने गरेका हुन्छन् ।

भोक नलाग्ने समस्या छ भने लसुन खानुस् । खाली पेटमा लसुन खानाले एसिडिटीको समस्या कम हुन्छ। पाचनप्रणाली ठीक हुन्छ।

लसुनमा रहेको सल्फर तत्वले रक्तकोषिकालाई बन्द हुनबाट बचाउँछ। यसमा हुने हिलिङ गुणले शरीरमा रहेको अक्सिजन फ्री रेडिकल्ससँग प्रतिरोध गरी बुढो देखिनबाट बचाउँछ।

लसुनमा ब्याक्टेरियाप्रतिरोधी क्षमता तथा पीडानाशक गुणसमेत हुन्छ। त्यसैले लसुनको केस्रा चपाउँदा दाँतदुखाइ कम हुन्छ।

नियमित लसुन सेवन गर्नाले श्वासप्रश्वास प्रणाली स्वस्थ रहन्छ। दम, निमोनिया, रुघाखोकी, ब्रोंकाइटिस र फोक्सोमा पानी जम्नेलगायत समस्याबाट छुटकारा मिल्छ।

लसुनले तनाब कम गर्न पनि सहयोग गर्छ । कतिपय अवस्थामा पेटमा एक यस्तो एसिड जम्मा हुन्छ जसले मानिसलाई बेचैन बनाउन सक्छ । तर लसुनले यस्तो एसिड उत्पन्न हुन दिदैँन । लसुन खानाले टाउको दुःख्ने समस्या पनि कम गराउँछ ।

रुघाखोकी, निमोनिया तथा ज्वरोका बिरामीहरुका लागि पनि लसुनले निकै फाइदा पुग्छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  २ : ४० बजे

जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि

काठमाडौं– भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा मारिने नेपालीको पहिचान

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ

नेरुडे मिर्मिरे लघुवित्तले बोनस नदिने 

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१

भारतीय विद्युतमन्त्री खट्टरबाट मुक्तिनाथमा पूजार्चना

मुस्ताङ– भारतका विद्युत तथा आवासमन्त्री मनोहरलाल खट्टरले आज बिहान मुक्तिनाथ

जम्मु कश्मीर घटनामा नेपाली परेको विवरण पुष्टि गर्ने प्रयासमा छौँ : परराष्ट्रमन्त्री राणा

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य