बिरामी बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते | Khabarhub Khabarhub

बिरामी बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको बडिगाड गाउँपालिकाको सक्न्यार टुटिफेदमा बिरामी बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

खर्वाङ बजारबाट शिसाखानीतर्फ जाँदै गरेको लु १ च ७५१५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् । घाइतेमध्ये एक बालिकासहित दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बडिगाड गाउँपालिका वडा नं. ३ सरधाराका वर्ष २६ की शान्ती थापा, निजकै छोरी वर्ष ६ की विविशा थापा, सोही स्थानका वर्ष २३ की नुनु रेश्मी र वर्ष ३३ की चुराकुमारी थापा र वडिगाड गाउँपालिका वडा नं. ३ शिसाखानी बस्ने वर्ष २४ का चालक रमेश श्रीस घाइते भएका छन् ।

घाइतेमध्ये टाउको, छाति र ढाडमा चोट लागेका बालिका विविशा थापा र नुनु रेश्मीको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ४ : २० बजे

महेन्द्रनगर आँखा अस्पतालमा भारतीय बिरामीको चाप बढ्दो

कञ्चनपुर– महेन्द्रनगरस्थित नेत्रज्योति सङ्घद्वारा सञ्चालित आँखा अस्पतालमा पछिल्लो समय सेवाग्राहीको

पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मौलिक

युक्रेन वार्ताअघि बेलायत र अमेरिकी उच्च अधिकारीको छलफल

काठमाडौं – रुस र अमेरिकाको वार्ता हुनुअघि नै युक्रेन वार्ताको

रसुवा बाढी : ९८ करोड ५९ लाख बीमा दावी

काठमाडौं – गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा

छ किलो चार सय ग्राम सुनसहित ११ भारतीय नागरिक पक्राउ

कास्की– पोखरामा प्रहरीले छ किलो चार सय ग्राम अवैध सुनसहित