छाला तथा सौन्दर्य विशेषज्ञ डा. कर्ण भन्छन् : सेतो दुबी रोग होइन, यसरी हटाउन सकिन्छ « Khabarhub

छाला तथा सौन्दर्य विशेषज्ञ डा. कर्ण भन्छन् : सेतो दुबी रोग होइन, यसरी हटाउन सकिन्छ


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेर्दा आकर्षक र सुन्दर देखिने चाहना सबैलाई हुन्छ । तर छालामा देखिने विभिन्न समस्याहरुले मानिसको सुन्दरतालाई विगार्छ । छालामा देखिने विभिन्न रोगहरुमध्ये सेतो दुबी पनि एक हो ।

नेपालको जनसंख्याको करीब १० प्रतिशत मानिसमा सेतो दुबीको समस्या रहेको छ । धुलीखेल अस्पतालका छाला तथा सौन्दर्य विशेषज्ञ डा. धर्मेन्द्र कर्णका अनुसार सेतो दबी फैलीने र नफैलीने गरी दुई प्रकारका हुन्छन् । फैलने सेतो दुबी शरीरको कुनै भागबाट शुरु भई विस्तारै शरीरभरी नै फैलन्छ भने, नफैलीने सेतो दुबी शरीरको कुनै भागमा मात्रै हुने गर्छ ।

किन आउँछ सेतो दुबी ?

शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढी भएमा शरीरमा सेतो दाग आउने गर्छ । कसैमा वंशाणुगत गुणका कारण सेतो दुबी आउने गर्छ भने बढी डर, तनावमा रहने मानिसमा सेतो दुबी आउने डा. कर्णको भनाइ छ । तर सेतो दुबी कुनै रोग भने होइन । मानिसहरुमा सुन्दरतामा कमी महसुस गरी सतोदुबीको उपचार गर्ने गर्छन् ।

‘सेतो दुबीले शरीरमा कुनै असर गर्दैन, यसको उपचार गर्नै पर्छ भन्ने पनि छैन’ डा. कर्ण भन्छन्, ‘तर शरीरमा आउने दागकै कारण हिनताबोध महसुस हुन्छ र आत्मश्विासमा कमी आउँछ भने दाग हटाउन समयमा नै उपचार गर्नुपर्छ ।’

कसरी हुन्छ उपचार ?

डा. कर्णका अनुसार सेतो दुबीको उपचार तीन किसिमले गरिन्छ । औषधि सेवन, फोटो थेरापी र अप्रेसनबाट सेतो दुवीको उपचार हुने गरेको डा. कर्णले जानकारी दिए ।

औषधिको प्रयोग

सेतो दुबी हटाउन खाने र दागमा लगाउने औषधि हुन्छ । सेता दागलाई निको पार्न दाग नमेटिएसम्म औषधि सेवन गर्नुपर्छ । शरीरमा भएको सेतो दुबी हटाउन चिकित्सकले सिफरिस गरेको औषधि सेवन गरी, औषधि खाएको दुईघण्टापछि घाममा बस्नुपर्ने हुन्छ । औषधि सेवनले दुई महिना देखि चार महिनासम्ममा दाग हराउन थाल्ने र विस्तारै निको हुँदै जान्छ । सेतो दुबीको उपचार जति छिटो ग¥यो उति छिटो निको हुन्छ, जति कम उमेर भयो त्यति छिटो निको हुने गर्छ ।’

अनुहार, ढाड, छाती, पेट, कम्मरमा भएको सेतो दाग छिटो निको हुने र हत्केला र पैतालामा भएको दाग निको हुन समय लाग्ने उनले बताए ।

फोटो थेरापी 

फोटो थेरापी भनेको अत्याधुनिक प्रविधिको प्रयोगबाट प्रकाशको किरणद्धारा उपचार गर्ने विधि हो । फोटो थेरापीमा कृत्रिम सुर्यको किरण वैज्ञानिक तरिकाबाट उत्पन्न गराइ सेतो दाग भएकाहरुको शरीरमा प्रयोग गरिन्छ ।

फोटो थेरापीले छालाको प्रतिरोधात्मक क्षमतालाई नियन्त्रण गरी शरीरको दाग मेटाउन सहयोग पुर्या‍उछ । फोटो थेरापी गराउँदा शुरुमा हप्तामा ३ पटक देखि क्रमश दुई पटक गरिन्छ । दाग हराउँदै गएपछि हप्तामा एक पटक मात्रै प्रयोग गरिने र निकोे भएपछि गर्नु पर्दैन ।

सेतो दुबीको उपचार औषधि सेवनबाट नभएमा फोटो थेरापीको माध्यमबाट उपचार गरिन्छ ।

औषधि सेवन र फोटो थेरापीबाट सेतो दुबी निको नभए शल्यक्रिया गरेर पनि सेतो दुबीको उपचार गरिन्छ ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ४ : ३४ बजे

दक्षिण अफ्रिकी पत्रकार बेपत्ता

नैरोबी- दक्षिण अफ्रिकी एक पत्रकार जिबुटीबाट बेपत्ता भएका पारिवारिक श्रोतले

बंगालको खाडीबाट आउँदैछ ठूलो वर्षाको खतरा, असोज १० सबैभन्दा जोखिमपूर्ण

काठमाडौं- भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको घाउ अझै

भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

भक्तपुर– जिल्ला प्रहरी परिसर भक्तपुरले गत भदौ महिनामा विभिन्न अपराधसम्बन्धी

परराष्ट्रमन्त्री खनाल न्युयोर्कतिर (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको

२०औँ एसियाली खेलकुद : महिला भलिबलमा नेपाल विजयी

काठमाडौं– जापानमा भइरहेको २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबलतर्फ