विमानस्थलमा सरुवा भएको ४ महिनामै हेडक्वार्टर तानिए डीआईजी उपाध्याय | Khabarhub Khabarhub

विमानस्थलमा सरुवा भएको ४ महिनामै हेडक्वार्टर तानिए डीआईजी उपाध्याय


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा भएको ४ महिनामै विमानस्थल प्रहरी प्रमुख (डीआईजी) सूर्य उपाध्यायलाई प्रहरी प्रधान कार्यालय तानिएको छ।

डीआईजी उपाध्याय साउन ९ गते विमानस्थलमा हाजिर भएका थिए ।

महानगरीय प्रहरी कार्यालयमा डीआईजी विश्वराज पोखरेलको सरुवा भएपछि उनी असन्तुष्ट थिए । गृह मन्त्रालयले बुधबार गरेको दुई डिआइजीको सरुवा विवाद देखिएको थियो ।

जुनियरको कमान्डमा सिनियरलाई राखेपछि विवाद भएको श्रोतको दाबी छ । सरुवामा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा डिआइजी विश्वराज पोखरेललाई खटाइएको थियो । महानगरीय प्रहरी कार्यालयअन्तर्गतको महानगरीय विमानस्थल सुरक्षा कार्यालयमा पोखरेलभन्दा सिनियर डिआइजी सूर्य उपाध्याय हुन् । असन्तुष्टिकाबीच उनी ६ दिनको घर बिदामा छन् ।

बुधबार गृहमन्त्रीस्तरीय निर्णय गर्दै महानगरीय प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीलाई प्रहरी प्रधान कार्यालय र प्रहरी प्रवक्ता पोखरेललाई महानगरीय प्रहरी प्रमुखका रुपमा सरुवा गरिएको थियो ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ७ : ०५ बजे

रूकुम पूर्वमा हिउँ खेल्न लोभिएका पर्यटक 

रूकुम – हिउँ कसैको लागि रहर छ भने कसैको लागि

रौतहट प्रहरीद्वारा एकै दिनमा १३ जना फरार प्रतिवादी पक्राउ

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो संयन्त्र प्रयोग गरी एकै

जापानमा लागेको डढेलो नियन्त्रण गर्न १७ हजार अग्निनियन्त्रक परिचालित

एजेन्सी – जापानको जंगलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका

भारवहन सीमा कार्यान्वयन गर्न यातायात विभागको ध्यानाकर्षण

काठमाडौं – यातायात व्यवसायीहरूले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्न

प्रदेश र स्थानीय तहलाई दूरसञ्चार रोयल्टी बाँडफाँड गर्न जोड

काठमाडौं– दूरसञ्चारमा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोगबापत उठेको रोयल्टी प्रदेश र