६ किलो कोकिनसहित ४ विदेशी नागरिक पक्राउ « Khabarhub

६ किलो कोकिनसहित ४ विदेशी नागरिक पक्राउ


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले ६ किलो अवैध लागूऔषध कोकिनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राहदानी नम्बर एबी २७१२०६० भएको २१ वर्षका बेलारुसी नागरिक पाभेल भेसिलयू र राहदानी नम्बर केएच २४६४४२६ वाहक वर्ष २१ की एलिना एल्डोसाइनालाई पक्राउ गरेको हो ।

पाभेल र एलिना काठमाडौंबाट हङकङ जान लागेको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

वोलिभियन नागरिक रोबर्टो कार्लोस मेरुविया मेरिइस र राउल जम्ब्राना ओर्डोनेज भने काठमाडौंको लाजिम्पाटस्थित लस्ट गार्डेन होटलबाट पक्राउ परेका हुन् । विमानस्थलमा पक्राउ परेका पाभेल र एलिनाको वयानका आधारमा प्रहरीले उनीहरुलाई होटलबाट पक्राउ गर्न सफल भएको हो ।

विमानस्थलको प्रस्थान कक्षमा पाभेल र एलिनाको सुटकेश चेकजाँच गर्ने क्रममा दुवै जनाको सुटकेशमा रहेको ४–४ वटा ज्याकेटमा फल्स बटम बनाइ लैजान लागेको अवस्थमा ६ केजी कोकिन बरामद गरिएको हो ।

शनिबार पक्राउ परेका चारै जनालाई लागूऔषध नियन्त्रण ऐन बमोजिम मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ६ : ०० बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान