तीर्थ र कान्छीमायाले जिते धरान रनको उपाधि « Khabarhub

तीर्थ र कान्छीमायाले जिते धरान रनको उपाधि


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– विगत ७ वर्षदेखि नियमित हुँदै आएको ‘धरान रन’ २०१९ को उपाधि पुरुषतर्फ तीर्थ पुन र महिलातर्फ कान्छीमाया कोजुले जितेका छन् ।

धरानको तीनकुनेस्थित श्रीजंगा शालिकबाट शुरु भएको १० किलोमिटर लामो दुरीको दौड ३१ मिनेट १६ सेकेण्डमा पूरा गर्दै पुरुषतर्फ पुन विजयी भए । महिलातर्फकी विजेता कोजुले ३७ मिनेट ४७ सेकेण्डमा दौड पूरा गरिन् ।

गत वर्ष पनि महिलातर्फको उपाधि कोजुले जितेकी थिइन् । पुनको भने यो चौथो जीत हो ।

पर्वतका अनिष थापा ३१ मिनेट २२ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो भए भने नेपाल आर्मीका गजेन्द्र राई ३१ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेर तेस्रो भए ।

महिलातर्फ दादिङकी सन्तोषी श्रेष्ठ ३८ मिनेट १८ सेकेन्डमा दौड पूरा गरेर दोस्रो भइन् भने ३८ मिनेट ४७ सेकेन्डमा दौड पूरा गर्दै एपीएफकी पुष्पा भण्डारी तेस्रो भइन् ।

खुला समूहअन्तर्गत पुरुष र महिलातर्फ प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश, ४०, ३० र २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा १६ वर्षमुनिको उमेर समूहमा फुरुषतर्फ जुम्लाका नरेश बुढा प्रथम भए भने महिलातर्फ झापा दमककी मनिषा राईले जीत हात पारिन् ।

१२ वर्षमुनि उमेर समूहको फुरुषतर्फ रोदन राई प्रथम हुँदा महिलातर्फ स्मृति राईले बाजी मारिन् ।

भेट्रान पुरुषतर्फ धर्म महर्जन प्रथम हुँदा महिलातर्फ रितादेवी राईले जीत हात पारिन् ।

उमेर समूहमा प्रथम हुनेले ७ हजार, दोस्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजार नगदसहित प्रमाणपत्र पाएका थिए ।

धरान रन कार्यक्रमलाई आरती स्ट्रिप्स प्राली, प्रभु बैंक, यति फलोरिङ्ग, नेपाल टेलिकम लगायतले प्रायोजन गरेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ९ : २२ बजे

गाउँ छिर्‍यो हात्तीको बथान : किसान चिन्तित

भद्रपुर (झापा)- भारतबाट तीन दिनअघि नेपाल प्रवेश गरेको हात्तीको बथान

भायानेटले ल्यायो ‘आजको प्रोब्लम, आजै फिक्स’ सेवा

काठमाडौं। भायानेट कम्युनिकेसन्स लिमिटेडले आफ्ना ग्राहकलाई छिटो र प्रभावकारी प्राविधिक

रुखबाट लडेर एक जनाको मृत्यु

सङ्खुवासभा- सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ देउराली हुत्तिखिममा चिउरीको रुखमा चढेर घाँस

हिमालय जलवायु उत्थानशीलता संयन्त्रमा चिनियाँ सहयोगको अपेक्षा

अन्ताल्या (टर्की)-, २७ कात्तिकः नेपालले नेपाल, भारत र चीनको नेतृत्वमा

भारतीय राजदूत दलेला र परराष्ट्रसचिव राईबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले परराष्ट्रसचिव अमृतबहादुर राईसँग परराष्ट्र