दीपिकाले खुलाइन् रणवीरसँग बिहे गर्नुको कारण | Khabarhub Khabarhub

दीपिकाले खुलाइन् रणवीरसँग बिहे गर्नुको कारण


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहलाई दर्शकले मन पराउँछन् । यो जोडी फिल्ममा पनि सँगसँगै भएको दर्शकले देखेका छन् ।

गत वर्ष बिहे गरेका रणवीर र दीपिकालाई दर्शकले वास्तविक जोडीमा पनि मन पराउने गरेका छन् ।

पहिलोपटक जब दीपिका र रणवीरबीच भेट भएको थियो, त्यतिबेला यी दुवै कुनै अरुसँगै सम्बन्धमा थिए । तर, ‘रामलीला’ फिल्मको सेटमा दुवै नजिक भए ।

गम्भीर प्रकृतिकी दीपिकालाई रणवीरको रमाइलो प्रवृत्ति मन पर्‍यो । र, उनी रणवीरको आकर्षणमा परिन् ।

दीपिकाले एक अन्तर्वार्तामा आफूले रणवीरसँग विवाह गर्नुको कारण खुलाउँदै सुनाइन्, ‘उनले मेरो कामलाई सम्मान र मलाई हौसला दिन्थे ।’

जबकि, त्यतिबेला रणवीर अहिलेको जस्तो चर्चित अभिनेता भइसकेका थिएनन् । त्यतिबेला दीपिकाले रणवीरले भन्दा बढी कमाउने गर्थिन् ।

दीपिकाले कहिलेकाहीँ काम धेरै भएका कारण कहिलेकाहीँ घर जान पनि नभ्याउने गरेको खुलासा गरिन् । रणवीरले सधै दीपिकालाई समर्थन गरिरहे ।

दीपिकालाई रणवीरले गरेको ‘केयर’ दीपिकालाई फरक लाग्यो । जसकारण दीपिका पनि रणवीरसँग बिहे गर्नका लागि राजी भइन् ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १० : ४३ बजे

औषधी व्यवस्था विभागमा व्यवसायीको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– औषधि ऐन, २०३५ अन्तर्गत रहेको विवादास्पद उपदफा खारेजीको मागसहित

दुग्ध उत्पादक सहकारीद्वारा डेरी मार्ट सञ्चालन

चितवन–  जिल्लाका दूग्ध उत्पादक किसानले भुक्तानी समयमा नपाउने र बजारीकरणमा

चितवनविरुद्ध कर्णालीको उत्कृष्ट ब्याटिङ, हेर्नुस् तस्बिरहरू

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको दोस्रो दिन कर्णाली

भक्तपुरमा १३ हजार ५७६ मतदाता थपिए 

भक्तपुर–  जिल्ला निर्वाचन कार्यालय भक्तपुरमा १३ हजार ५७६ मतदाता थपिएका

चितवनविरुद्ध कर्णालीको उत्कृष्ट सुरुवात, प्रियांकले हाने अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिगको अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा