केयूले बढायो इन्टर्न डाक्टरको मासिक भत्ता, नाइट ड्यूटीको थप भत्ता दिइने « Khabarhub

केयूले बढायो इन्टर्न डाक्टरको मासिक भत्ता, नाइट ड्यूटीको थप भत्ता दिइने


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं युनिभर्सीटी स्कूल अफ मेडिसिन (केयू) अन्तर्गतका मेडिकल कलेजका इन्टर्न डाक्टरको मासिक भत्ता बढाइएको छ । केयूले आफ्नो मातहतमा रहेका मेडिकल कलेजका इन्टर्न डाक्टरको भत्ता ३ हजार बढाएको हो ।

केयू अन्तर्गतका मेडिकल कलेजका एमबीबीएस र बीडीएस्का इन्टर्न डाक्टरहरुले अब मासिक १३ हजार भत्ता पाउने भएका छन् ।

यस्तै नाइट ड्युटी गर्ने चिकित्सकलाई १५ सय थप गरी १४ हजार पाँच सय भत्ता दिने व्यवस्था गरिएको केयूको स्वास्थ्य विज्ञान कार्यकारी परिषद्ले जनाएको छ ।

केयू अन्तर्गतका मेडिकल कलेजका इन्टर्न डाक्टरले यसअघि नाइट ड्युटीको भत्ता समेत पाउने गरेका थिएनन् ।

इन्टर्न डाक्टरको मासिक भत्ता कम भएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेपछि केयूले कात्तिक १ गतेदेखि इन्टर्न डाक्टरको भत्ता बढाउने निर्णय गरेको थियो ।

केयूले इन्टर्न डाक्टरको मासिक भत्ता कात्तिक १ गतेदेखि बढाउने निर्णय भएको भन्दै केयू अन्तर्गतका सबै मेडिकल कलेजलाई निर्णय कार्यन्वयनका लागि परिपत्र समेत गरेको छ ।

केयूको स्वास्थ्य विज्ञान कार्यकारी परिषद्ले आफ्नो मातहतमा रहेको पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेज, भरतपुरको कलेज अफ मेडिकल साइन्सेज, बाँकेको नेपालगञ्ज मेडिकल कलेज, काठमाडौंको काठमाडौं मेडिकल कलेज, जोरपाटीको नेपाल मेडिकल कलेज, विराटनगरको नोबले मेडिकल कलेज,पाल्पाको लुम्बिनी मेडिकल कलेज, विराटनगरको विराट मेडिकल कलेज र काठमाडौंको कान्तिपुर डेन्टल कलेजलाई तोकेको भत्ता उपलब्ध गराउन परिपत्र गरेको हो ।

यसअघि केयू अन्तर्गतका मेडिकल कलेजले एमबीबीएस तथा बीडीएस्काअध्ययन गरेका इन्टर्न डाक्टरहरुलाई मासिक १० हजार ८ सय रुपैयाँ भत्ता दिने गरेको थियो ।

श्रम मन्त्रालयले हरेक क्षेत्रमा काय गर्ने श्रमिकको न्यूनतम ज्याला १३ हजार हुनुपर्ने अनिवार्य गरेको छ । तर केयूका विद्यार्थीहरुले भने श्रमिकले जस्तै धेरै समय ड्यूटीमा खटिनुपर्ने भएपनि उचित भत्ता नपाएको भन्दै आन्दोलन समेत गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ५ : ०१ बजे

पाण्डेको निधनबाट राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक अगुवा डा. देवेन्द्रराज

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको