केयूले बढायो इन्टर्न डाक्टरको मासिक भत्ता, नाइट ड्यूटीको थप भत्ता दिइने « Khabarhub

केयूले बढायो इन्टर्न डाक्टरको मासिक भत्ता, नाइट ड्यूटीको थप भत्ता दिइने


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं युनिभर्सीटी स्कूल अफ मेडिसिन (केयू) अन्तर्गतका मेडिकल कलेजका इन्टर्न डाक्टरको मासिक भत्ता बढाइएको छ । केयूले आफ्नो मातहतमा रहेका मेडिकल कलेजका इन्टर्न डाक्टरको भत्ता ३ हजार बढाएको हो ।

केयू अन्तर्गतका मेडिकल कलेजका एमबीबीएस र बीडीएस्का इन्टर्न डाक्टरहरुले अब मासिक १३ हजार भत्ता पाउने भएका छन् ।

यस्तै नाइट ड्युटी गर्ने चिकित्सकलाई १५ सय थप गरी १४ हजार पाँच सय भत्ता दिने व्यवस्था गरिएको केयूको स्वास्थ्य विज्ञान कार्यकारी परिषद्ले जनाएको छ ।

केयू अन्तर्गतका मेडिकल कलेजका इन्टर्न डाक्टरले यसअघि नाइट ड्युटीको भत्ता समेत पाउने गरेका थिएनन् ।

इन्टर्न डाक्टरको मासिक भत्ता कम भएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेपछि केयूले कात्तिक १ गतेदेखि इन्टर्न डाक्टरको भत्ता बढाउने निर्णय गरेको थियो ।

केयूले इन्टर्न डाक्टरको मासिक भत्ता कात्तिक १ गतेदेखि बढाउने निर्णय भएको भन्दै केयू अन्तर्गतका सबै मेडिकल कलेजलाई निर्णय कार्यन्वयनका लागि परिपत्र समेत गरेको छ ।

केयूको स्वास्थ्य विज्ञान कार्यकारी परिषद्ले आफ्नो मातहतमा रहेको पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेज, भरतपुरको कलेज अफ मेडिकल साइन्सेज, बाँकेको नेपालगञ्ज मेडिकल कलेज, काठमाडौंको काठमाडौं मेडिकल कलेज, जोरपाटीको नेपाल मेडिकल कलेज, विराटनगरको नोबले मेडिकल कलेज,पाल्पाको लुम्बिनी मेडिकल कलेज, विराटनगरको विराट मेडिकल कलेज र काठमाडौंको कान्तिपुर डेन्टल कलेजलाई तोकेको भत्ता उपलब्ध गराउन परिपत्र गरेको हो ।

यसअघि केयू अन्तर्गतका मेडिकल कलेजले एमबीबीएस तथा बीडीएस्काअध्ययन गरेका इन्टर्न डाक्टरहरुलाई मासिक १० हजार ८ सय रुपैयाँ भत्ता दिने गरेको थियो ।

श्रम मन्त्रालयले हरेक क्षेत्रमा काय गर्ने श्रमिकको न्यूनतम ज्याला १३ हजार हुनुपर्ने अनिवार्य गरेको छ । तर केयूका विद्यार्थीहरुले भने श्रमिकले जस्तै धेरै समय ड्यूटीमा खटिनुपर्ने भएपनि उचित भत्ता नपाएको भन्दै आन्दोलन समेत गरेका थिए ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ५ : ०१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा