युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर « Khabarhub

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर


२ श्रावण २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार कार्यक्रम सञ्चालन गर्नुका साथै सिँचाइ विस्तार, माटो सुधार र स्वदेशी बीउ उत्पादनलाई प्राथमिकतामा राखेको छ ।

उपप्रमुख राजेश बानियाँले अघिल्लो आर्थिक वर्षको प्रगति समीक्षा तथा आव २०८३–८४ को बजेट प्रस्तुत गर्दै कृषि उत्पादन वृद्धि र आयआर्जनमा केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिइएको जानकारी दिए । उनका अनुसार युवा स्वरोजगार कार्यक्रममार्फत नयाँ पुस्तालाई उत्पादनमुखी कृषिसँग आबद्ध गराउने नीति लिइएको छ ।

माटोको स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत माटोको नमूना परीक्षण गरिएको छ । परीक्षणका आधारमा माटोको अम्लीयपन घटाउन ५० प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिएको छ भने प्रदेश माटो तथा मल परीक्षण प्रयोगशालाको सहयोगमा ४० मेट्रिक टन चुन निःशुल्क वितरण गरिएको उपप्रमुख बानियाँले बताए ।

तरकारी तथा फलफूल उत्पादन विस्तारका लागि कृषक समूह तथा कृषि सहकारीमार्फत लिची, केरा, ड्रागन फल र एभोकाडोलगायत फलफूल खेती विस्तार गर्ने कार्यक्रम पाँच स्थानमा सञ्चालन भइरहेको जनाइएको छ । खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार तथा विद्यमान सिँचाइ पूर्वाधारको मर्मतलाई पनि बजेटले प्राथमिकता दिएको छ ।

साथै आयातित तथा हाइब्रिड बीउमा बढ्दो निर्भरता घटाउन स्वदेशी खुला सेचित जातका मकै र धानको बीउ उत्पादनलाई प्रोत्साहन गरिएको छ । यसअन्तर्गत रामपुर कम्पोजिट मकै ७५० कट्ठा, मकवानपुर–१ धान १५ कट्ठा र राम धान १० कट्ठा क्षेत्रफलमा बीउ उत्पादन गरिने भएको छ ।

सङ्घीय सरकारबाट हस्तान्तरित धान पकेट कार्यक्रमअन्तर्गत वडा नम्बर १७ मा श्री साना किसान कृषि सहकारी संस्थामार्फत तीन सय कट्ठा क्षेत्रफलमा धानखेती कार्यक्रम सञ्चालन भइरहेको उपप्रमुख बानियाँले जानकारी दिए ।

प्रकाशित मिति : २ श्रावण २०८३, शनिबार  ९ : १३ बजे

बढीले क्षतिग्रस्त रसुवागढी टिमुरे सुख्खा बन्दरगाह निर्माण अलपत्र (तस्बिरहरु)

रसुवा– एक वर्षअघि ल्हेन्दे खोलाको बाढीले ६ महिनासम्म प्रभावित रसुवा

युवालाई कृषिमा आकर्षित गर्दै हेटौँडा उपमहानगर

हेटौँडा– हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित स्वरोजगार

सुशील कोइराला क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट सञ्चालन

नेपालगन्ज– बाँकेको खजुरा बजारमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा

मधेस प्रदेश सरकारद्वारा करिब ३३ अर्ब राजस्व सङ्कलन

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष (आव) २०८२–८३ मा लक्ष्यको

चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै

बागमती– हेटौँडा उपमहानगरपालिकाले दक्षिण एसियाकै पहिलो ऐतिहासिक सुरुङका रूपमा परिचित