चिसो बढेपछि सप्तरीका सामुदायिक विद्यालय बन्द « Khabarhub

चिसो बढेपछि सप्तरीका सामुदायिक विद्यालय बन्द


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- केही दिनयता शीतलहरसँगै सप्तरीमा बढेको अत्यधिक चिसोका कारण स्थानीय तहका मातहतमा रहेको सामुदायिक विद्यालय बन्द गरिएको छ । सप्तरीको रुपनी गाउँपालिकाले आजदेखि तीन दिनसम्मका लागि बिदा दिने निर्णय गरेको हो ।

रुपनी गाउँपालिकाका प्रशासकीय अधिकृत ललनकुमार यादवले जारी गरेको सूचनामा रुपनी गाउँपालिकाभित्र पर्ने सम्पूर्ण संस्थागत (निजी) तथा सामुदायिक विद्यालय आजदेखि पुस ९ गतेसम्मका लागि जाडोमा विद्यालय बन्द गर्न सबैलाई अपिल गरिएको छ ।

यस्तै सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिकाअन्तर्गत रहेको सामुदायिक विद्यालयसमेत आजदेखि पुस ११ गतेसम्म पाँच दिनका लागि जाडो बिदा दिइएको छ ।

गाउँपालिका मातहतका सम्पूर्ण विद्यालय पुस ७ गतेदेखि शुक्रबार ११ गतेसम्मका लागि जाडो बिदा दिएको गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले विज्ञप्तिमार्फत जानकारी गराएका हुन् ।

जिल्लाको राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका, छिन्नमस्ता गाउँपालिकाले समेत मङ्गलबारसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ ।

राजविराज नगरपालिकाले पुस ६ गते आइतबारदेखि पुस ८ गते मंगलबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ७ : १४ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई